Logo

मधेश प्रदेश

अत्यावश्यक वस्तुको बन्दोबस्त गर्दै वीरगञ्जका मेयर सरावगी



वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले प्रत्येक वडामा अत्यावश्यक खाद्यान्न, दुध, तरकारीको व्यवस्था मिलाउने तयारी गरेका छन् । उनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका हुन् ।

‘लकडाउनको छैटौं दिनसम्म आइपुग्दा धेरै नगरबासी सुरक्षा सतर्कताबिना बजारमा निस्किएको पाइयो, रमिता गरेको पाइएको छ । नगरबासीलाई आफ्नै वडामा बिहान ११ बजेदेखि ३ बजेसम्म वडामा खाद्यान्न किराना समान, दुध पाइने व्यवस्था मिलाउँदैछौं’ उनले भने ‘बिहान ५ बजेदेखि ९ बजेसम्म वडा अध्यक्षले तोकेको स्थानमा तरकारी पाइन्छ । त्यसको जिम्मेवारी वडा अध्यक्षलाई दिइसकेको छ ।’

ग्यासका लागि कुपन प्रणाली लगाइने र ग्यास आएपछि कुपन नम्बरअनुसार नै वितरण गर्नुपर्ने नियम लगाइएको नगर प्रमुख सरावगीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।