Logo

बागमती प्रदेश

हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस दिनुपर्ने व्यवसायीहरुको माग



संकटापन्न वन्यजन्तुको सूचीको रहेका नीजि क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् ।

लकडाउनसगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि पनि निकुञ्ज यो वेला घाँस दिनुपर्ने व्यवसायीहरुको माग छ । पर्यटकीय नगरी सौराहाका क्षेत्रमा रहेका नीजि स्तरबाट पालिएका हात्तीहरुमा यस्तो अभाव भएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।

कोरोनाको लकडाउनसगैँ पर्यटन क्षेत्र ठप्प बनेपछि यहाँ हात्तीलाई खुवाउने दाना अभाव भएसगैँ निकुञ्जबाट पोसिलो घाँसहरु उपलब्ध गराउन उनले माग पनि गरेका हुन् । हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ उनले भने, हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहको कलपना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि हामी गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैन् ।

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने जानकारी दिदै उनले लकडाउनका कारण आवश्यक दाना लिन नपाउन हात्ती दुब्लाउनेको भन्ने चिन्ता व्यवसायीलाई परेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटर्रराईले बताए ।

हरियो घाँस मात्र दिए । पनि जोगाउन सकिने थियो उनले भने, तर हामी मानव र वन्यजन्तु द्धन्द्ध कम गर्न सञ्चालन गरेको हात्ती महोत्सवको विरोध गर्ने अहिले दुलामा पसे । चिन्ता त हामीलाई छ नि ! हात्तीको दिगो संरक्षणका लागि सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।

सौराहामा अहिले सौराहामा ७० वटा नीजि हात्तीहरु रहेका छन् । यि हात्ती हात्ती सफारीका लागि प्रयोग हुदै आएका थिए । एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाललगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख छ ।

नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । यो प्रजातिका हात्तीको संख्या अहिले ३५ देखि ४० हजारमा सीमित छ भने नेपालमा चाहिँ करिब २ सय । यही गतिमा हात्तीको सिकार हुने र संरक्षणका उपाय नअपनाइए अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले, पर्यटकमात्रै नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तर्र्रािष्ट्रय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ ।

मानिसभन्दा पनि हात्ती पुरानो रैथाने हो । हात्ती बुद्धिमान् जनावर हो । उहिल्यैदेखि हात्तीलाई तालिम दिएर काममा लगाउने गरिन्थ्यो । हात्तीलाई युद्धमा पनि प्रयोग गरिन्थ्यो । मोटरगाडी र मेसिनको प्रचलन आएपछि हात्तीको उपयोगिता रहेन । तर, हात्तीको धार्मिक एवं सांस्कृतिक मह¤वसमेत छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।