Logo

प्रिमियर लिगमा चेल्सीको लगातार दोस्रो हार



इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग पराजित भएको छ  ।

चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले पराजित हुन पुगेको हो । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो । यसअघि चेल्सी एभर्टनसँग १–० ले पराजित भएको थियो ।

मंगलबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ४९औं मिनेटमा चेल्सीले ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । ६६औं मिनेटमा वल्भ्सका ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा वल्भ्सका पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले पराजित गरे ।  

यो हारसँगै चेल्सी पाँचौ स्थानमा यथावत रहेको छ भने १३ खेलबाट २२ अंक जोडेको छ ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  २ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।