Logo

अनलाइनपाना खोज

कोरोना भाइरस विरुद्द बीसीजी खोपको प्रयोगबारे परिक्षण



नेपाल लगायतका विश्वका धेरै मुलुकहरुमा नवजात शिशुहरुलाई दिइने क्षयरोग विरुद्दको बीसीजी खोप कोरोना भाइरसबाट बच्न पनि प्रयोग गर्न सकिने आंकलन लगाएर परिक्षण भइरहेको, अमेरिकाको ब्लुमबर्ग समाचार संस्थाले बताएको छ ।

ब्लुमबर्ग समाचार संस्थाका अनुसार विगत एक सय वर्षदेखि क्षयरोग लगायतका रोगहरुबाट बच्न प्रयोग भइरहेको उक्त खोपको कोरोना भाइरस विरुद्दको प्रभावकारिताको प्रमाण जुटाउन अस्ट्रेलियाको मेलबर्न शहरमा रहेका ४ हजार स्वास्थकर्मीमा हाल परिक्षण भइरेको छ ।

उक्त खोपले कारोना भाइरसको संक्रमणबाट उत्पन्न जटिलतालाई केही हदसम्म कम गर्न सक्ने वैज्ञानिकहरुले अनुमान गरेको छन् । उक्त परिक्षणमा पाको उमेरका स्वास्थकर्मीहरुलाई पनि सहभागी गराइएको, ब्लुमबर्ग समाचार संस्थाले जनाएको छ ।

कोराना भाइरस विरुद्दको खोप बनाउन कम्तिमा एक वर्ष लाग्ने भएकाले, बीसीजी खोपको प्रभावकारिताबारे थप अनुसन्धान अपिहार्य रहेको, विश्व स्वास्थ संगठनले बताएको छ ।

अस्ट्रेलियाको मेलबर्न स्थित मर्डक बालअस्पतालका सरुवा रोग विज्ञ डा।नाइजल कर्टिसको नेतृत्वमा भइरहेको उक्त परिक्षणलाई साथ दिन विश्वभरका वैज्ञानिक र चिकित्सकलाई विश्व स्वास्थ संगठनले आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।