Logo

विचार / ब्लग

मानव अस्तित्व र महामारी



यस पृथ्वीमा विभिन्न सजीव तथा निर्जिब वस्तुहरुको अस्तित्व छ । यस अस्तित्वमा मानवहरुनै उत्कृष्ट र क्षमतावान भएकोले यिनीहरुको रहन, सहन, भेषभूषा, बानि व्यवहार, चरित्र,सामाजिकता, व्यवस्थित बसाइ, विकाशात्मक अवस्था, खोज अनुसन्धान, सम्पूर्ण पक्षहरुको स्थिति र भोगाइ नै यहाँ अस्तित्व भनिएको हो ।

मानव अस्तित्वको चरण अन्तर्गत तीन चरणहरु पार गर्दै, ढुङ्गे चरणमा मानिसहरु जङ्गल तथा ओढारमा वस्ने, सिकार गर्ने,काँचोकचिलो खाँदै विस्तारै–विस्तारै ढुङ्गा रगड्दा आगो बल्दछ र आगोमा विभिन्न प्रकारका खाद्य पदार्थहरु हालेर पोलेर खाने, शिकार गर्ने, समूहमा बस्ने सामाजिकपनाको अवस्था गर्दै ढुङ्गाको भाँडा, हतियार, हड्डीको भाँडा, हतियार गर्दै पार गर्‍यो भने कृषि चरणमा खेति गर्ने, पशुपालन गर्ने, घर बनाएर आफ्नो परिवारसँगै बस्ने, सभ्यहुदै गए तर आर्थिक खाडल धेरै बढ्न गई हुदा खाने र हुने खाने समुहको विकाश भयो त्यस्तै गरेर आधुनिक चरणमा प्रवेश भएसगैँ विज्ञान प्रविधि, औधोगधन्दा, कलकारखाना लगायतका तिब्र रुपमा विकाशका जगहरुलाई मलजल गर्दै यो आजको स्थितिमा विश्व पुग्न सक्यो । यो स्थिति भनेकोनै यन्त्र, हतियार, खोज, अनुसन्धानबाट प्राप्त उपलब्धिहरुलाई पूर्णरुपमा उपयोग गर्दै जटिल र कठिन बन्दै गइरहेको छ ।

समय गतिवान छ,परिवर्तनशील छ, यो चक्रसगैँ यहाँ मानिस लगायत यस विस्वमा जीवित प्राणीहरुको पनि आ–आफ्नै अस्तित्व छ तर यीनिहरु मध्ये मानव सर्वश्रेष्ठ र उत्कृष्ट प्राणीको रुपमा अग्रपंतिमा छ त्यसैले त यो विश्वलाई चमत्कारीक दृष्टान्तमा उभ्याउन सकेको छ । हामी हेरौ न यही विश्वजगतले पृथ्वीभित्रका सम्पूर्ण अस्तित्वहरुको खोज र अनुसन्धान सकेर चन्द्रमा लगायतका ग्रहहरुमा खोजको दायरा बढाउदै असम्भवलाई सम्भव बनाउदै लगेको छ त्यस मध्ये स्वास्थ्य क्षेत्रमा नै हेरौन, रोग के हो, कसरी सर्दछ, वा सर्दैन, रोग के ले लाग्छ, यसको समाधान के, सूस्मदर्शक यन्त्र, विभिन्न जाच गर्ने यन्त्र,औषधी,मानव अंङ्ग प्रत्यारोपण जसले मृत्युलाई केही हद सम्म त टारेको नै छ तर सधैको लागी अजम्वरी भने होइन ।

जब मानिस को आफ्नो अन्तरआत्मा भित्र उब्जिएका तरङ्गीत भावनाहरु छछल्किन्छन् तब सुख हुदा भविस्य मान्छेसँगको तुलना पैशा, द्रव्य, हिरा, मोती, सुन र दुख पर्दा ईश्वर, भगवान, हुन त यी दुवै पक्षहरुले तात्वीक अर्थ राख्दछन् तर सुख, संवृद्धी,मेरो भविस्य,मेरो लागि र अरुसँगको तुलनामा यस्ता भौतिक सुख संवृद्धी जस्ता पक्षहरुले मानवलाई कुकर्म र कुचेष्टाको बाटो त डोहोर्‍याउछ नै त्यसमा केही मात्र सत्कर्म ल्याउछ ।

प्राणघातक रोगहरु सर्ने तथा नसर्ने दुवैका नयाँ–नयाँ खोज अनुसन्धान नभएका होइनन् त्यसैले त मानव अस्तित्व केहि हद सम्म सहज रुपमा अगाडी बढ्दै छ तर पनि आजको विश्वजगतमा नयाँ–नयाँ अवसरहरुको खोजी,आर्थिक सम्पन्नता र मेरोलागि,अर्थात “म” भन्दा भन्दै आफूलाई शक्तिशाली र प्रभूत्वशालीको होडवाजीमा वदल्दा–वदल्दै आज आएर थाप्लोमा हात राख्नु र दैविक प्रकोपको बाढीबाट आएको विपत्तीलाई टुलुटुलु हेरेर मृत्युलाई नियाल्नु सिवाय केहि छैन यसको तात्पर्य सम्पत्ति,शक्ति,सम्पन्नता पनि निरीह सावित हुनुपर्ने चुनौती विश्वसामु उदाङ्गीएको यो माहामारीको घटनाले देखाएको छ जुन हामी अमेरीका, ब्राजिल, स्पेन, चीन, रुस, बेलायत र बेल्जियम जस्ता देशहरु हेर्दा सहजै अनुमान लगाउन सक्छौँ ।

गतिशील समाजमा एकातिर महामारीले चुनौति त थपेकै छ यन्त्रीक समाजमा व्यस्त र जीवनोपार्जनलाई कठिन बनाएको पनि छ अर्कोतर्फ यसले समाज के हो, सामाजिक गुणहरु कसरी अवल्बन गर्ने,आफन्त,साथि–भाई, परिवार प्रति बसेर भावना साटासाट, मायाँ,स्नेह र सामाजिकिकरणलाई सहज बनाउन र व्यस्त र जटिल जीवनलाई समेत सहज बनाएको छ, स्वस्थ बन्ने आधार तय गरेको छ, जीवन जीउने तरीकालाई फरक पारेको छ र स्वास्थ्य भन्ने कुरा बजारमा पाइने वस्तु होइन (Health is Not a commodity) यो त व्यक्त्तिले अपनाउने ज्ञान,धारणा र अभ्यास रहेछ भन्ने कुरालाई पनि थप प्रस्ट्याएको छ त्यसैले यो महामारीलाई अवसर र चुनौतिको रुपमा पनि बुझ्नु जरुरी छ ।

समयको अन्तरालमा विश्व जगतमा नयाँ–नयाँ महामारी तथा विपत्तिहरु देखा पर्दै जान्छन र गएका पनि छन् त्यस्ता विपत्तिहरुलाई कसरी सम्भव हुन्छ, अलमलबाट भएका कमजोरीहरुलाई त्याग्दै सुखद परिस्थितिमा बदल्न सकिन्छ । एकातिर दुखद परिस्थितिमा रिस,आवेगको मात्रा बढिनै हन्छ तर त्यस्ता रिस आवेगहरुलाई शक्तिमा रुपान्तरण गर्दै आगाडि बढ्नु पनि उतिनै जरुरी हुन्छ । कानुन भन्ने कुरा कुनै बेला बलियो र कुनै समय फितलो पनि हुन सक्छ । संकट र खतराजन्य समयमा विधिको सासन मिच्न खोज्ने प्रवृतीहरुको हाबीको कारणले राज्यको शासन र जनतालाई तहसनहस बनाउन सक्छ किनकि त्यो समयमा सज्यले जनताहरुलाई सुरक्षा र संरक्षण दिन असमर्थ हुन सक्छ ।

समस्या र चुनौतिहरु आउछन् ति समस्या र चुनौतिहरुलाई छिचोल्नु नै मानव आस्तित्वको एउटा रुप हो । मानिस तथा राज्य कोहि पनि सर्वेसर्बा हुनै सक्दैन उसमा केहि न केहि कमजोरीहरु हन्छन् नै, त्यहि कमजोरीहरुलाई चर्काएर अघाडि बढ्न सकिदैन त्यसैले अहिलेको वैज्ञानिक खोज र आधुनिक समाजका व्यक्त्तित्वहरुले समस्याको जड र चुनौँतिहरुलाई विश्वास, ध्रैयता,मौनता,खोज र चतुर्‍याइँले आजको जस्तो विनाशकारी संकटलाई निर्मुल पार्ने कुरामा विश्वस्त हुनुपर्ने अवस्था आएको छ ।

अन्त्यमा,मानवजीवन र यस धर्तीमा आएको विपत्ति र मानव अस्तित्वमाथिको कहर,वेदना र चुनौतिहरुलाई हामी मानवमात्रले नै समाधानको बाटोमा लाने र मानव अस्तित्वलाई परेको संकटबाट विजय प्रप्त गर्ने प्रसस्त आधार भएकोले केहि समयको धै्रयता, संयमितता र मिहिनेतबाट हामी कतै ताढा नरही घरमै बसेर राज्यको नियमलाई अक्षरस पालना गरौँ । साबुन पानीले मिचिमिचि हात धोऔँ सफा,स्वच्छ खानेकुरा खाऔँ ।#stayhome #Staysafe.

लेखक : श्री त्रिवेणी मा.वि,धनकुटाको स्वास्थ्यका विषयको शिक्षक हुनुहुन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १२:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।