Logo

कर्पोरेट फोकस

विवादास्पद कम्पनी ‘ओम्‍नी’ कालो सूचीमा



सार्वजनिक खरिद अनुगमन कार्यालयले विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको ओम्नीले सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

 भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ६ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।