Logo

समाचार

आजदेखि अनलाइनबाटै सवारी पास, लकडाउनको समयमा घरबाटै पास लिने तरिका



सरकारले लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि ई पासको व्यवस्था गरेको छ। खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ।

यसरी व्यवस्था गरिएको प्रावधानका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ। यो प्रणाली मंगलबारदेखि शुरु हुने गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममार्फत जानकारी दिएको छ।

गृहमन्त्रालयले ईपास को लागि अलग्गै पोर्टलको विकास गरेको छ। यो https://epass.moha.gov.np/ डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिनेछ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।