Logo

टिप्पणी

सत्ताधारी दलबीच खैलाबैला !



पूर्व माओवादीका मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार पुगेका हुन्। प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच पछिल्लो समय राजनीतिक असहमति बढ्दै गइरहेका बेला खुमलटारमा मन्त्रीहरुको भेला हुनुले नयाँ खिचडी पाक्ने छनक दिएको छ ।

सत्ताधारी नेकपामा शिर्ष नेता अर्थात अध्यक्षद्धयमा लामो समयदेखि तित्तता बढ्दै आएको छ । देश कोरोना भाइरससँग जुधिरहँदा सत्तारुढ दलभित्र नयाँ राजनीतिक चलखेल भएको राजनीतिक विश्लेषकहरुले आंकलन गर्दै आएका छन् ।

पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाका पूर्व माओवादी खेमाका मन्त्रीहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

प्रचण्डले सर्वदलीय राजनीतिक संयन्त्र बनाएर कोरोनाविरुद्ध लड्ने प्रस्ताव गर्दा ओेलीले ठाडै अस्वीकार गरेपछि सत्ताधारी दलबीच खैलाबैला मच्चिएको हो । त्यसो त उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले एक टेलिभिजनको अन्तरवार्तामा सर्वदलीय राजनीतिक संयन्त्रसमेत आवश्यक नरहेको उनले जिकिर गरेका थिए। यतिवेला यो काम गर्ने भनेको जनताका निर्वाचित जनप्रतिनिधिहरुको अगुवाईमा हुने हो उक्त अन्तवार्तामा बताएका थिए।

नेकपाभित्र प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल एकातर्फ छन् भने अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ छन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि ओलीको विपक्षमा उभिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।