विश्व कोरोना भारससंग लडिरहेको छ । यतिबेला नेपाल पनि कोरोना भाइरसको को उच्च जोखिम छ । अहिले नेपालमा बिस्तारै बिरामीहरूको संख्या बढिरहेको छ । यस्तो अवस्थामा नेपाली जनताहरूले बिभिन्न समस्याहरु खेपिरहेको छन् । नेपाली जनताहरुको सास्ती पनि बढ्दै गइरहेको छ । मानिसहरू कामको लागि घरबाट बाहिर भएको जहाँ थिए त्यहाँ रोकिएको थिए । जुन ठाँउमा बस्न असहज भएपछि आफु बसेको ठाउँबाट आ—आफ्नो घर जान चहान्छन तर यातायात बन्द भएकोले बिचबाटोमै अलपत्र परेको अवस्था छ । बिचबाटोमा न खान छ न हिड्न नै । अलपत्रमा परेका उनिहरूलाई गाँस, र बास को कुनैपनि टुङ्गो भएको छैन् । उनीहरु किन हिडेको छन् । के को लागि दिनरात हिडेको भन्ने बिषयमा नेपाल सरकार गम्भीर देखिएको छैन ।
नेपालमा खुल्ला सिमाना भएकोले यहाँ सिमानाबाट सजिलै जोकोही आउन सक्छन् तर नेपाल भारतको नाकामा नेपालीहरुले कष्ट्रकर जीवन बिताएका छन् । सामाजिक संजालमा भारतको सीमानामा बसेर उनीहरुले भोगेको कष्ट्रकर मार्मिक नेपाली दाजुभाइ हरूको हालतले हाम्रो सरकारको ध्यान पनि गएको छैन । सीमा बसेको नेपालीहरुलाई सकुल उद्धार गर्न सकिरहेका छैनन् । । बिभिन्न ठाउँबाट भागेरस लुकेर घर आएका मान्छेहरूको खोजी कार्य पनि राम्रो संग भएको छैन ।यो बिषयमा स्थानीय निकाय पनि त्यति चासो दिएर निगरानीमा राख्न सकेको छैन ।
नेपाल सरकारले यो समयमा कोरोना भाइरसको नियन्त्रण र त्यसको परीक्षण गर्नुपर्ने र सिङ्गो देशलाई कोरोना मुक्त बनाउन लाग्नु पर्छ । नेपालमा कोरोना भाइरसले गर्दा बिभिन्न संकटहरु शैक्षिक, आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा परेको असरलाई पुन र्जागरण गराई देशलाई संकट मुत्त बनाउनु पर्दछ । यस्ता संकटका अवस्थामा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैले समान रुपले सेवा पाउनुपर्दछ ।
राजनीतिक दर्पण नगराई व्यवहारमा उतार्नपर्दछ । बिभिन्न राजनीतिक दललाई बिभाजन गर्ने खालका अध्यादेश ल्याइएर देशलाई अझै संकटको अवस्थामा पुर्याउने किसिमको खेल खेल्नु प्रधानमन्त्रीको कहाँ सम्मको नैतिकता हो । प्रधानमन्त्री ले भने जस्तै, ८० करोडको राहत वितरण गर्दा पनि राहत पाउन पर्नेले नपाएको गुनासो यथावत नै छ । यति धेरै राहत बाड्दा पनि राहात नपाउनुले हामी राजनैतिक रुपमा पतन भएको देशको नागरिक जस्तै भएको महशुस भएको छ । राहत कस्ले पायो र कुन कुन ठाँउमा वितरण भयो ?
खोइ सर्वसाधारण तथा गरिव जनताले राहात पाए कि पाएनन् त्यो सरकारलाई र स्थानिय व्यक्तिहरु थाहाँ नै छैन । सरकारले भन्छ सर्वसाधारणहरूले राहत पाएको छ तर सर्वसाधारण ले भन्छन् हामीले राहत पाएका छैनौ । खै कस्को बिश्वास गर्ने ? सरकार, यो समयमा कोरोना बाट कसरी उन्मुक्ति गराउने पर्ने हो । सबै पक्ष मिलेर काम गर्नुपर्ने हो । संकटको अबस्थामा विभिन्न ठाउँबाट सहयोगी हातहरूले राहत वितरण गर्दै आएका छन । सरकारले गरेको राहत वितरणमा पनि राजनीतिक गरेको पाइन्छ ।
जुन ठाँउमा बसेको हो त्यहि ठाँउको मतदाता नामावलीमा नाम छैन र साथमा नागरिक्ता नभएको भन्दै राहत नदिनुले स्थानिय बाहेक अरुलाई राहत दिनुले सौतेनी आमाको जस्तो व्यवहार गर्नु कहाँको नैतिकता हो । भोट दिएका छैनौ खालका तर्क हरु दिदै सर्वसाधारण हरुले राहत नपाएको भन्ने गुनासो विभिन्न माध्यमबाट सुनिन्छ। सर्वसाधारण गरिव जनताले राहत पाएका छैन । आफ्ना भन्नेहरूले मात्र राहत पाएका छन भोट माग्दा चुनावी मैदानमा ढोग्ने पछि जितिसकेपछि यस्तो अवस्थामा पनि जनताहरूकोबीचमा उनीहरुको उपस्थिति देखिएको पाइदैन । देश संकटमा परेको बेला आम नागरिक अभियन्ताहरू मार्फत हुने सहयोगलाई निरूत्साहित र प्रतिबन्धित गर्ने अनि कोरोना कोषमा जम्मा भएको राहत रकम पनि सर्वसाधारण बिच पुर्याउन नसक्ने गैरजिम्मेवार भ्रष्टाचारको खेल हो ।
सरकार यस्तै अवस्थामा हुने भ्रष्टाचार ,कुशासन, अस्थिरता, आसेपासे पुँजिबाद दुई तिहाइको दम्भमा बिभिन्न किसिमका भ्रष्टाचार भएको टुलुटुलु हेरेर बसेको छ । भ्रष्टाचारीलाइ बचाउ गर्दै हिडेका प्रधानमन्त्रीबाट नेपाली जनताले के आस गर्ने ? स्वास्थ्य परीक्षण अनियमितता हुदा परीक्षणमा राम्रा किट नहुनुले सरकारको हैसियत के हो देखाउछ । सरकारले कुनै किसिमको काममा निगरानी गर्न सकेको छैन् । त्यसमा कसले के गर्यो कसरी भयो भन्ने तिर नलागेर उनिहरूकै बचाउमा लाग्नु प्रधानमन्त्री को कस्तो खालको नैतिकताका हो ।
यस्ता थुप्रै बिषयमा प्रधानमन्त्री जस्तो गरिमामयी पदमा रहेकोले अरुलाई हात हालेको देख्दा लाग्छ नेपालमा कोही पनि राष्ट्र संञ्चालकहरू गतिलो छैन । यसै बिच सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहले राहत बाडिरहेको अवस्थामा गिरफ्तारी हुनु र यसैबीच सरकारमा रहेको पार्टी नेकपा को भार्ती संगठन का संयोजक ले राहत बाड्ने बिध्यार्थी लाइ बोलाएर २ घण्टा सम्म चुनाव प्रचार गर्या जस्तै भाषण गरेर ५ केजी चामल बितरण गर्नुपर्ने लाइ चाहिँ गर्न दिने यो कस्तो खालको ब्यबस्था हो के नेपालमा , के अधिनायक वादको स्थापना हुन लाग्या हो विद्धमान अबस्थामा जनताको आकाङ्क्षा सम्बोधन गर्न हिचकिच्याउने ९कन्जुस्याइ० गर्ने सरकार अनि नेताहरू आफै पत्तासाफ हुने गरेको नेपाली राजनीतिको इतिहास सबैले मनन् गर्न आवश्यक छ। राजनीतिक अस्थिरता बढाइ रहने हो भने देशको विकास र समृद्धि कहिले हुन्छ यस्तो खालको कुकर्म गर्नु लोकतन्त्रको अपमान संगै नेपालको संविधान को उलंघन भएको प्रस्ट देखिन्छ।
नेपालमा रहेको विभिन्न समाज सेवीलाई सहयोग गर्न दिन नसके सरकारले जनताको सहयोग गर्नु पर्छ । एक जना अभियान्तले सामान्य ५ किलो चामल बाडेर उसले सानो परिवारलाई सहयोग गर्छ भने सरकारले यस्तो बिषयमा हस्तक्षेप गर्नु राम्रो होइन । जनता बाटोमा हिडुदै गर्दा उनीहरुका समस्याहरु कस्ले सुन्छ ? सरकार किन मौन छ । कोही पनि बाध्यताले आफू बसेको ठाँउ छोडेका होइन तर तिनीहरु भोकको कारण हिडेका हुन । मान्छे अब कोरोना भाइरसको आंतङ्क भन्दा पनि भोकको आंतङ्कले भाग्दै छन् ।
सहरको साँगुरो कोठामा निसासिएका बिद्यार्थीहरु र दिउसोभर काम गरेर बिहान बेलुका हात मुख जोर्नेहरुले कसरी हप्तौ भोको रहन सक्छन् । दिनकै काम गरेर खानेहरुको लागि के सरकारले नागरिकता नभएको भन्दै राहत नदिएका होइन । एकातिर देशमा कोरोना भाइरसको संकट छ भने अर्को तिर राजनैतिक घुसखोरीहरुको बिगबिगी छ । यस बिचमा गरीव र निसाह्य जनता छन् ।
यिनीहरुको जीवनको बारेमा सरकार मौन बस्नुको पछाडी कुन शक्ति छ । सरकारमा जान भन्दा पहिला हामी जनतासंग छौ भन्ने राजनैतिक दलहरु यति बेला कहाँ छन् ? नेताहरुले जनतालाई एक मतदाताकोे हिसावले नहेरेर तिनीहरु पनि जनता हुन् मानव हुन, तिनीहरुलाई भोक लाग्छ भन्ने कुरा कसले बुझ्छ ? नेताहरु भनेको पदको लागि मात्र हो कि तिनीहरुमा मानवता भन्ने कुरा जिवित छ ?
प्रश्न यहाँ सम्म त ठिकै छ तर देशमा संकट परेको बेला देशमा रहेको ढुकुटीहरुको ब्रम्हालुट गर्ने छुट कस्ले दिएको छ ? नेताहरु मिलेर यो संकटको बेलामा हातमा हात मिलाएर देशलाई कसरी बचाउने भन्ने तिर नलागेर पद र पाटी फुटाउन लाग्नुले नेपालको मुख्य पदमा बस्नेहरुको हैसियतको मुल्यांकन गर्न पनि लाज लाग्छ ।
अव हामीले यो संकटमा जनता लगायत सबैको स्वास्थको ख्याल गर्नु पर्ने हो तर यति बेला स्यालहरुको रजाई छ ? कसैले सरकारलाई अनादर गर्छन कसैले राम्रा काम गर्नेहरुलाई । के त्यसो भए जनताले सधै झगडा र संकटमा जीवन बिताउने हो ? त्यसैले सबको व्यस्थापन गर्न जरुरी छ ।
















प्रतिक्रिया