Logo

विचार / ब्लग

काेराेना माहामारीमा सरकार किन मौन छ ?



अहिले विश्व नै कोरोना भाइरसको माहामारीमा छ । मान्छेहरुको दैनिक गर्ने कार्यहरु सबै ठप्प परेको छ । मान्छेहरु दिन दिनै निस्क्रीय बन्दै गएका छन् । हामीले के गर्ने त काम छैन् भन्दै छतछतमा बसेर समाचारका कुराहरु सेयर गर्छन । बन्द कोठा र सिमानामा बसेर उनीहरुलाई परेको अप्ठ्यारोहरु सुनाउछन् । बढ्दै गरेको सहरीकरणले मान्छेहरु भिडमा हिड्ने, भिडमै रमाउने पनि गरेका थिए । तर सबै एक्लो बस्दा बस्दा थाकेका छन् । एकै छिन भए पनि बाहिर निस्केर स्वाश लिन चहान्छन् । मानौ बर्षौ देखि बन्द कोठामा छन् ।

छिमेकी काकीले भन्दै थिइन । बाबु जन्मेको ७० बर्ष भयो अझै सम्म यसरी बसेको थिएन । बजारमा बसेको नि १५ बर्ष भैसकेको छ । यो बर्षहरुमा यो चौपारीमा मान्छेहरुको कमि कहिल्यै भएन । हेर त कस्तो सुनसान छ मुर्दाघाट जस्तै । हो यति बेला मुर्दा घाटहरु सुनसान छ । मन्दिर सुनसान छ, सधै हाट बजार गएर तरकारी किन्नेहरुको लाम छैन् । ब्यूटिपार्लरको पाउडर क्रिमहरु खरिद बिक्री भएका छैन्न । धेरै भयो नैनाले नयाँ नकिनेको । अनि धेरै भयो पल्लो घरको भाउजुले नानी यो कपडा कस्तो छ भन्न छोडेको ।

त्यसो त मान्छेहरु एकान्त चहान्छन् तर एकान्तबाट हल्लाहरुको आवाज नियाल्छन सबैले । जस्तो कि उनीहरु कुनै आवाज सुन्न त्रसित छन् । सयौं बसहरुको हर्न बज्न छोडेका छन् । तिनीहरु मन्दिरको घण्टाहरु बजुन भन्ने चहान्छन । तिनीहरु यम्बुलेन्स कराउदै गएको सुन्न चहान्छन । तिनीहरु गाउँ जस्तो सुनसानमा स्यालहरु र हँचिलको आवाज कर्कश मान्छन । स्यालको कर्कश आवाजबाट हैरान भएर बेचेका थिए गाँउको पाखो बारी । भुलेर पनि त्यो मुर्दा शान्ति चहादैन । र अहिले सहरको आफ्नो घरका झ्यालहरुमा कारखानाको त्यो आवाज उनीहरु सुन्न चाहान्छन् । आफूहरु अहिले मिनी जेलकै आभासमा छन् ।

यति बेलाकोको संकटमा उनीहरुको मनोविज्ञानमा मान्छेहरुले अनेक कुराहरुको भ्रमहरु छरेका छन् । मिडियामा आएको समाचारहरु सुनेर डराइरहेको छन् कोही । मनोविज्ञानले मान्छेहरुमा भएको धारणा, विचार, तिनीहरुले सोच्ने तरिकाबारे थाहा पाउने विज्ञान हो । तर समाचारले गर्दा मान्छेहरुमा भय त भएको छैन । कुनै कुनै मान्छेहरुको बुझाइमा सानो कुरा पनि तिनीहरुको मानशिक्ताले पचाउन सक्दैन । विशेष गरी विदेशमा आफ्न्त रहेकाहरु हरेक पटक डराएका छन् । यसले उनीहरुलाई मानशिक रुपमा प्रभाव पारेको छ ।

उनीहरुले सोच्ने भनेको लकडाउनमा हुँदा हुँदा कतै हामी हाम्रा मान्छेहरु गुमाउछौ कि भन्ने हो । हामीलाई भाइरसले असर पर्छ कि भन्ने हो त्यो डरले उनीहरुको मानशिक्ता नै बिगारेको छ भने अर्को तिर दैनिक काम गरेर खानेहरुको चिन्ता बेग्लै छ । कहिले लकडाउन खुल्ला र तिनीहरु काममा गएर काम गर्न सकिन्छ भन्ने छ । हुन त यहाँ दैनिक हजारौ मजदुरहरुलाई काम कजाउन लगाएर खाने मालिकहरु पनि यति बेला मौन छन् । सवै कार्यहरु बन्द भए पनि खाने कार्य बन्द गर्न सकिदो रहेनछ ।

तर पनि केही कामहरु भने गरेका छन् । चाहे त्यो आलोचित होस । नेपालमा समाचार सम्प्रेषण निकै छिटो भएको छ । यसले मिडिया कर्मीहरु सक्रिय छन् भन्ने छ । तर मन्त्रालयमा काम गर्ने, सभासदहरु राजनैतिक गर्नेहरु, नेताहरु, सामाजिक अभियान्ताहरु मौन छन् । ज्यानको बाजी लगाएर सबैको खवर सम्प्रेण गरेका छन् ।

अव रह्यो यो बेला के गर्ने भन्ने बारेमा । हामीले दैनिक एउटा कोठामा सिमित हुँदा के गर्न सक्छौं । दिमाग अहिले केही सोच्न नसक्ने हुन सक्छ । परिवारसंग गफ गर्ने झर्को लाग्न सक्छ । त्यसैले लोक कथा, सुन्ने । मन्त्रहरु उच्चारण गर्ने । यदि कसैमा गाउने कला भएकाहरुले गाउने । कला नभएको भए नेपाली भाकाहरु गाएर नाँच्ने । यति मात्र होइन, हामी संग छोराछोरी छन् र इन्टर नेटको सुबिधा छ भने टाढा रहेको मान्छेहरुसंग कुरा गर्ने । साथीहरु संग कितावका कुरा, दर्शनका कुरा । राजनैतिक विषयमा छलफल गर्न सकिन्छ ।

तर यति बेला राष्ट्रको रक्षकहरु कहाँ छन् । गरीव र निमुखा जनताहरुको भोट किन्नेहरु कुन दुलोमा पसेका छन् ? मै हुँ भनेर सरकार हाँक्नेहरु कहाँ छन् ? विपत ब्यवस्थापन गर्ने सस्थाहरु कहां छन् । भैपरी आउने संकटको कोषहरु कुन बैंकको खातामा छन् । विपतमा हामी छौ भनेर तलव भत्ता कुमल्याउनेहरु अहिले जिउँदैछन् कि छैनन् ? जिम्मेवारी बहन गर्नेहरु प्रलोभनमा परेपछि के होला देशको हालत ? यो देश बनाउने जिम्मा कस्को हो ? यो विपतमा पनि राज्यको ढुकुटीमा आँखा लाउने व्वाँसो र कुकुरहरुको बौद्धिकतालाई जनताले कसरी मुल्याकन गर्ने ? सरकारलाई त कहिले काही लाग्छ नालायक फासिष्ट भनेर गाली गराैँ ।

आपतमा अभिभावक भनेको मन्त्री हो । तर अहिले बिवादमा मुछिनेहरुलाई नैतिक ह्रास नभएको मान्न सकिदैन भन्न मिल्दैन । गाली गर्न मन भएको राज्यका ठेकेदारहरुलाई हो । यो लकडाउनको बेला जनतालाई सन्तुष्टि गराउन नसक्ने सरकारको के काम । राष्ट्रिय रुपमा रहेका जिम्मेवारी केही दललाहरुको हातमा दिनुलाई हामीले के बुझ्ने ? कहिले काही लाग्छ, बादरको हातमा नरिवल भन्ने उखान यति बेला सुहाउँछ ।

अव छिमेकीहरुको कुरा होइन मलाई यो देशको हालत देखेर दया लाग्छ । कठै ! बरा मेरो देशको मान्छेहरुको नेतृत्व र जिम्मेवारी । कस्ले गर्व गर्छ मेरो देशको जिम्मा लिएकाहरुमा ? दया लागेर आउँछ । जनता विपतमा सरकारकै साथमा हुन्छ तर सरकार विपतमा सौतने काका जस्तो किन बन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १४:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।