Logo

विचार / ब्लग

विश्व महामारी र यसले जनसंख्या वृध्दिमा पर्ने असर



महामारी यस्तो शब्द हो त्यो एउटा विपत्ति, रोगबाट ग्रसित, कहर आदि जुन अहिले चीनको वुहान प्रन्तबाट शुरु भएको कोरोना भाइरसल विश्वमानव जगतमा स्वास्थ्यको ठूलो चुनौती र संकट बनाई रहेछ जसले गर्दा करिब आठ अर्व मानिसहरु यसबाट प्रत्यक्ष मारमा परेको तत्थ्य जगजायर नै छ । विश्वको आजसम्मको तत्थ्याङ्कलाई हेर्दा कोरोना भाइरसको संक्रमितको संख्या करिब तिस लाख त्यस्तै मृत्यू हुनेको संख्या दुई लाख दस हजार, निको हुनेको संख्या नौँ लाख (८० प्रतिशत ) छ त्यस्तै गरेर सिरियस संख्या करिब साठ्ठि हजारको हाराहारी (३ प्रतिशत) छ ।

नेपालमा भने आजसम्मको तत्थ्याङ्क अनुसर संक्रमित संख्या ५१ जना, निको हुनेको संख्या १६ छ भने हाल सम्म कसैको पनि मृत्यू भएको छैन (स्रोत–ओल्डोमिटर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) तर तथ्याङ्क बढ्ने क्रम जारी छ ।

माथिको तत्थ्याङ्कलाई हेर्दा विश्वमानै कोरोना कहरले ठूलो चुौनौती रहेको छ तर नेपालमा भने यो महामरीले उग्ररुप लिन पाएन किनकि यहाँ राज्य सरकारले बेलैमा कोरोनाको संक्रमण एक जनालाई देखिना साथ अर्थात् चैत्र ११ गते देखी निरन्तर रुपमा बन्दाबन्दी ग¥यो जुन हाल पनि कायमै छ । नेपाल लगायत विश्वका धेरै जसो राष्द्रहरुमा समेत यो बन्दाबन्दीको स्थिति हालसम्म छ ।

विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सँस्थाहरुले मानिसले मानिससँग कम्तिमा ३फिट सामाजिक दुरी कायम गर्नु पर्ने, खोक्दा, हाच्छिउँ गर्दा कुहिनु तथा टिस्यु पेपरले नाकमूख छोप्नु पर्ने सुभाब दिइरहेको छ तर विश्वको करिब ७ अर्व ७९ करोड ४८ लाख ३ हजार जनसंख्यामा वाहिरी व्यक्त्तिहरुसँग त सामाजिक दुरी कायम रहला तर घरपरिवार अर्थात भनौँ श्रीमान श्रीमतीबीच दुरी कायम रहला त ? यो प्रश्न आउनु स्वभाविक नै हो किनभने विश्वका विकशित देसका मानिसहरु अन्य समयमा २४ घण्टा व्यस्त हुनु पर्दथ्यो ।

श्रीमान श्रीमतीसँग भेटहुन पनि हप्तादिन कुर्नु पर्दथ्याे तिमाथि पनि परिश्रमले थाकेर परिवारमा मायाँ प्रेम साट्न पाउन्न थिए तर हाल बन्दाबन्दीको कारणले गर्दा परिवारमा पनि मायाँप्रेम सद्भाव थपिएको त छनै हर्को तर्फ खाली दिमाग र समयनै समयको कारणले गर्दा श्रीमान श्रीमती बीच यौनिक क्रयाकलाप बढ्नु स्वभाविकै हो तर उनीहरुले परिवार नियोजनका साधनहरुको चाँजोपाँजो गर्न नसकेर अनैच्छिक गर्भधारण गर्नु पर्ने स्थिति आएको र गर्भपतन गराउनेको संख्या बढेको र परिवार नियोजनका साधन स्वास्थ्य संस्थाहरुले घरघरमा सोधिसोधि बाँँढेको समचार हामीले हाम्रै छिमेकी देश भारतका संचार माध्यममा सुनेका छौँ । यहाँ अर्कोे पनि प्रश्न उठ्न सक्ला, कोहिलाई के धन्दा…तर अब्राहन.एच.मास्लोले आफ्नो आवश्यकताको सोपानमा पाँच वटा आवश्यकताका चरण अन्तर्गत पहिलो आवश्यकता शारीरिक आवश्यकतामा गाँस, बाँस, कपास र सहबासलाई जोड दिएका छन् जुन अहिले हाम्रो वास्तविक व्यवहारमा उपयोग भइरहेको छ ।

चाहे व्यवसायिक विषयमा होस् वा स्वास्थ्यको विषयमा नै किन नहोस् त्यसैले यसलाई गौणको विषय राख्नु न्यायोचित नहोला कि १ हाल विश्वको जनसंख्या बृद्धिदर १.१८५ छ भने हाम्रो देश नेपालमा केहि समय यता अर्थात वि.सं. २०५८ सालको जनगणना अनुसार २.२४५ ले जनसंख्या बृद्धि भई बि.सं. २०६८ सालको जनगनणा अनुसार १.३५ प्रतिशतले घटेको र सन २०२० को एक सर्वेक्षणले १.१८ प्रतिशत झरेको (IDEAS) देखाउछ ।

यसरी हेर्दा नेपालमा जनसंख्या बृद्धिदर घट्दै जाने अवस्था आईरहेको समयमा यो विश्वव्यापी महामारीले नेपालमा पारेको प्रभावले बन्दाबन्दीको समयमा ह्वात्तै जनसंख्या बढ्ने संकेत देखिएको छ किनभने नेपालमा धेरै मानिसहरु त्यसै त बेरोजगारी थिए भने झन अहिलेको बन्दाबन्दीको समयमा रोजगार गर्ने व्यक्तिहरु समेत बेरोजगार भई घरमा नै बस्नु पर्ने स्थितिले दम्पती बिच यौनिक क्रियाकलाप बढ्ने स्थिति देखिन्छ यसको अर्थ यौनिक कृयाकलाप हुँदैमा जनसंख्या बढ्छ भन्ने होइन तर यो समयमा गर्भधारण हुने अवस्था भने आउने सम्भावना बढि भन्दा बढि हुन सक्छ ।

हुनत सरकारले बारम्बार सञ्चार माध्यम मार्फत प्रजन्न तथा यौन स्वास्थ्य सेवाको नियमित उपलब्धता प्रदान गर्दै आएको सुचनाहरु सुन्न पाईरहेको अवस्था छ तर लकडाउनको कडाई, पहुँचको अभाव, अशिक्षा, गरिबी आदि जस्ता कुराहरुले नेपालमा जनसंख्याको निर्धारक तत्व जन्मदर उच्च हुने स्थिति नआउला भन्न सकिन्न । “महामारी एउटा निश्चित कालखण्ड समयसम्म रहला र यसको खोपको निर्माण भई विश्वले यसबाट मुक्त्ति पाउला तर जनसंख्या जस्तो सम्बेदनशिल पक्षले कालान्तरसम्म थप स्वास्थ्य संकट उत्पन्न गराउँदछ । महामारीमा मृत्यु दरको संख्या दश बीस जना थपिने स्थिति देखिएता पनि जन्मदर सामान्यतया मृत्युदरको तुलनामा रातदुर्ई गुणा दिन चौगुणा हुनसक्छ यसैले जन्मलाई मृत्युसँग तुलना गर्न सकिदैन ।”

नेपालमा एकातर्फ शिक्षित बेरोजगारी, शिक्षाको पहुँच र विपन्नताको कारणले वर्षेनि लाखाैँ युवाहरु बैदेशिक रोजगारमा गएका प्रमाणहरु यथेस्ट छन् जुन हामी यो महामारीको समयमा खाडीमूलुक लगाएत अन्य देशहरु र भारतबाट लाखौँका संख्यामा युवाहरुको जमात आफ्नो देश नेपाल आउन हार गुँहार गरेको, छिमेकी देश र नेपालको सिमानामा छट्पटाएको हामीले प्रत्यक्ष देखेका भोगेका र सुनेका छौ । यो समयमा जनसंख्या बृद्धिको अनुमानलाई बेवास्ता गरियो भने नेपालको जन्मदर उच्च हुने, आर्थिक बृद्धिदरमा कमि हुने, बेरोजागारी समस्या, गरिबीको समस्या, स्वास्थ्य सेवा तथा सुविधाहरुको कमि, अशिक्षा, उच्च मातृमृत्युदर, शिशुमृत्युदर, बालमृत्युदर, लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि, अव्यबस्थित सहरिकरण, सरुवा रोगको ब्यापकता, वातावरण प्रर्दुशण, पृथ्वीको तापक्रममा बृद्धि, हरित गृह प्रभाव आदि जस्ता बिकराल स्वास्थ्य समस्याहरुको चाङ नेपाल जस्तो गरिब मूलुकमा उत्पन्न भएमा यो देशको स्थिति कस्तो हुन्छ कल्पना समेत गर्न सकिदैन ।

अन्यतमा महामारी आफैमा एउटा संकट हो । यो संकटले हाम्रो नेपाललाई नराम्ररी सामाजिक, आर्थिक, भौतिक तथा अन्य थुप्रै पक्षहरुमा चुनौती त थपेको छ नै त्यसमाथि विश्वले नै चुनौती सामन गरिरहेको तीब्र जनसंख्या बृद्धी नेपाल जस्तो मुलुकमा पनि अझै भयाबह नआउला भन्ने स्थिति छैन । त्यसैले यस्तो समस्याको समाधान भनेकै पहिलो पक्ष जनताहरुलाई जनचेतना नै हो । त्यस्तै सञ्चारको माध्यमबाट कोरोना महामारीका साथै परिवार नियोजनको साधनहरुको सुनिश्चितता त्यस्तै स्पष्ट नीतिहरुको कार्यान्वयन र पहँच हो । जिम्मेवार र सम्बन्धित संघसँस्था, राज्य सरकार र बुद्धिजिवि, विशेषज्ञहरुले यो पक्षमा बेलैमा ध्यान पु¥याएर उचित कदम चाल्नु पर्ने देखिन्छ ।

(लेखकः श्री त्रिवेणी मावि धनकुटा स्वास्थ्य शारीरिक विषयका मावि शिक्षक हुनुहुन्छ)

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।