नायक राजेश हमालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाइँमा सम्यमता अपनाउन आग्रह गरेका छन् । सरकारले लागू गरेको लकडाउन हाम्रै सुरक्षाको लागि भएको भन्दै उनले लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो लाइभमा कुरा गर्दै नायक हमालले कोरोनाविरुद्धको लडाइँमा आत्तिएर भन्दा पनि बिज्ञानलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने तर्क गरे । उनले भेन, ‘यतिबेला सिंगो संसार नै कोरोनाविरुद्ध लडिरहेको छ, हामीले हिम्मतका साथ धैर्य गर्यौं भने पक्कै जित्नेछौं ।’
नेपालमा लकडाउन छ अनि संसारभरका धेरै नेपालीहरु घरमै छन् त्यसैले आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न धेरै नखान र जिम बन्द छ भन्दै घरमा अल्छी भएर नबस्न पनि उनले आग्रह छन् । उनले विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई सुरक्षित रहन समेत आग्रह गरे । उनीहरुलाई सरकारले चाँडै स्वदेश फर्काउनेमा समेत विश्वास राखेका छन् ।





















प्रतिक्रिया