Logo

सुदूरपश्चिम प्रदेश

उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ, मदिरा पिएर सडकमा बबण्डर



प्रहरीले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन् । लकडाउनका बेला मदिरा सेवन गरेर सडकमा बितण्डा मच्चाएपछि प्रहरीले बोगटीलाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका प्रवक्ता डिएसपी दक्ष बस्नेतले मध्यरातमा मदिरा सेवन गरेर सडकको डिभाइडर फुटाएकाले इलाका प्रहरी कार्यालय मलाखेतीले पक्राउ गरेको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले राति नै उनलाई परिवारको जिम्मामा छाडेको छ ।

यद्यपि बोगटीविरुद्ध अभद्र व्यवहारको आरोपमभा मुद्दा दायर गरिने बस्नेतले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।