Logo

विचार / ब्लग

“कोरोना कहरपछि पनि के अमेरिका आर्थिक महाशक्ति बनी रहन सक्ला ?”



नोबेल कोरोनाको कहर जारी छ । मेसोडोनियाको सम्राट फिलिपको छोरा तथा प्रसिद्ध ग्रिक दार्शनिक अरस्तुको शिष्य अलेक्जेन्डर दि ग्रेट (३५६ BC)का विश्व विजयको अभियानमा निक्लेका अनियंत्रित र उनमत्त सेना झैँ चिनको वुहान शहरबाट निस्केर संसारमा अनियंत्रित र उनमत्त यो कोरोना भाइरस आफ्नो उत्कर्षको यात्रामा निरन्तर अगाडि बढी रहेको छ । यसको यो प्रलयकारी यात्रामा कहाँ पुगेर बिराम लाग्छ ? यो प्रश्नको उत्तर अहिलेसम्म कसैले दिन सकेको छैन । आफूलाइ संसारका महाश्क्ती भन्ने राष्ट्रहरु पनि यो भुसुनो भाइरसको अगाडि निरीह सावित भएका छन् ।

इतिहासको यो अचम्मको संयोग नै भन्नु पर्ला यो भाइरसले जापान, तुर्की र ग्रिक बाहेक विश्व इतिहासको कुनै न कुनै कालखण्डमा बांकी विश्वमा महाशक्ति वा साम्राज्यवादको हैकम चलाएका राष्ट्रहरुलाई बढी गाँजेको देखिएको छ । अहिले कोरोनाको सबैभन्दा ठूलो संकट व्यहोरिरहेका राष्ट्रहरु इतिहासको कुनै न कुनै कालखण्डमा साम्राज्यवादि (महाशक्ति ) राष्ट्रको रूपमा उदाएका थिए । इटली, रोमन इम्पायरको रूपमा, स्पेन, युनाइटेड किङ्गडम, बृटिस इम्पायरको रूपमा, अमेरिका वर्तमान महाशक्ति । यी देशहरूले अहिले कोरोनसबैभन्दा डरलाग्दो अवस्था भोगिरहेका छन् । आजको मितिसम्म विश्वभर २ लाख ४७ हजार ४ सय ७० जनाको ज्यान गइसकेको छ ।

अमेरिकामा ६८ हजार ५ सय ९८, इटालीमा २८ हजार ८ सय ८४, युकेमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ८ सय ६४ जना संक्रमितको ज्यान गइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर संक्रमित हुनेको संख्या ३५ लाख ६ हजार ७ सय २९ पुगेको छ ।

अमेरिकामा ११ लाख ५७ हजार ९ सय ४५, स्पेनमा २ लाख १७ हजार ४ सय ६६, इटालीमा २ लाख १० हजार ७ सय १७, युकेमा १ लाख ८७ हजार ८ सय ४२, फ्रान्समा १ लाख ६८ हजार ९ सय २५ जना संक्रमित भएका छन् । विश्वमा ११ लाख २५ हजार २ सय ३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । उपचारपछि निको भएर घर फर्किनेको संख्या अमेरिकामा १ लाख ८० हजार १ सय ५२, जर्मनीमा १ लाख ३० हजार ६ सय, स्पेनमा १ लाख १८ हजार ९ सय २, इटालीमा ८१ हजार ६ सय ५४, चीनमा ७८ हजार ५ सय ८६, इरान ७८ हजार ४ सय २२ रहेका छन् । यदि यो वीचमा बैज्ञानिकहरुले यस भाइरसको विरुद्ध कुनै राम वाण औसधि पत्ता लगाउन सकेनन् भने यो भाइरसबाट एक्लो अमेरिकाले मात्र २ लाख बढी ज्यान गुमाउन सक्ने डरलाग्दो आशंका गरिएको छ ।

संसारले व्यहोरेका अन्य महामारी झैं यो भाइरस पनि कुनै दिन आफ्नो उत्कर्षमा पुगेर पराजित त होला तर यशबाट पर्ने बहुआयामिक प्रभावहरुले विश्वलाई धेरै क्षेत्रमा कोर्स (course) गर्न समेत बाध्य तुल्याउने निश्चित देखिएको छ । यसका प्रभावहरुमा मुख्य रूपमा आर्थिक क्षेत्र सबैभन्दा बेसि प्रभावित हुने देखिन्छ । कोरोनापछिको विश्व रंगमञ्चमा अमेरिका आर्थिक महाशक्ति रहला नरहला अहिलेदेखि बहस शुरु भैसकेको छ ।

अहिले विश्व बिसौ शताब्दीको सबैभन्दा लामो, सबैभन्दा सघन र बृहत भनिएको आर्थिक महामन्दी (जुन सन१९२९-१९३१मा अमेरिका बाटै शुरुआत भएको थियो) जस्तै अर्को अर्थिक माहामन्दी सन्निकट देखिन्छ । विश्व श्रम संगठन (ILO)द्वारा हालै जारी प्रतिवेदनमा यो महामारीबाट झण्डै ३.५ अरब मान्छेले आफ्नो नोकरी गुमाउन सक्ने र ती मध्ये झन्डै २.५ अरब जति असंगठित क्षेत्रका कामदार हुनेछन् । त्यसको असरले विश्व को झन्डै ४.५ अरब जनसंख्या अनिकालको शिकार हुने जनएको छ । केबल अमेरिका मात्रै ३.५ करोड मान्छेले बेरोजगारी भत्ताको लागि फाराम भरेको जनाइएको छ ।

अमेरिकाको कुल जनसंख्या ३२ करोड ८० लाखमा यो बेरोजगारी दर झन्डै १०% हो (जब कि यो दर फरवरी २०२० सम्म ३.५ र मार्च २०२० सम्म ४.४ देखिन्छ )। यो यति तीब्र रूपमा बढी रहेको छ कि झन्डै ३३% मान्छेले यो भाइरसको कारणले आफ्नो रोजगारी गुम्न सक्ने भय व्यक्त गरि रहेका छनर । एकचोटि इतिहास तिरै हेरौं । १९३० को आर्थिक माहामन्दी शुरु हुनु पूर्व (१९२८ देखि अक्टोबर १९२९ पहिले सम्म) अमेरिकी स्टक मार्केट १९१ अंक बाट दुइगना, चौगुना वृद्धि हुदै ३५० अंक सम्म वृद्धि भयो ।

त्यसपछि स्थिर भयो, विस्तारै ओरालो लाग्यो र तिब्रतम रूपमा घट्दै सेप्टेम्बर ४, १९२९ सम्म आइ पुग्दा ऋणात्मक हुन पुग्यो । २९ सेप्टेम्बर १९२९ मा यो समाचार संसार भरि फैलियो ,जसलाई इतिहासमा black tuesday को नामले सम्बोधन गरिन्छ । इ. स. १९२८-१९२९ सम्म ३.४% रहेको अमेरिकाको बेरोजगारी दर १९३० मा झन्डै २५%(२४.९%) पुग्यो (कतिपय युरोपेली देश हरुको बेरोजगारी दर ३३% सम्म पुग्यो) ।

अन्तर्राष्ट्रिय ब्यापारमा ५०% ले गिरावट आयो । कृषि उपजको मुल्यमा झन्डै ६०% को गिरावट आयो जसको प्रत्येक्षमार किसानहरुलाई पर्‍यो । यो सबैको प्रत्येक्ष असर अमेरिकी जनताको प्रति ब्यक्ति आय,सरकारी राजस्व, कर तिर्न सक्ने क्षमतामा पर्‍यो । बजारको बस्तुहरु मुल्यमा भारी गिरावट आयो । कतिपय देशहरूमायो माहामन्दीको असर द्वितीय विश्व युद्धको प्रारम्भ सम्म रह्यो ।

कोरोनाको कारणले अमेरिकी अर्थतन्त्र लगभग १९३० को माहामन्दीको दिशामा उन्मुख देखिन्छ । यिनै लक्षनलाई केलाएर हुनुपर्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउनको विरुद्धमा उभिएका छन् । कतिपय राज्यहरुमा हालै भएका लकडाउन विरुद्धका प्रदर्शनहरुमा उनले आफ्नो समर्थन मात्र जनाएनन बरु २० लाख मान्छे मरुन तर अर्थतन्त्र धराशायी हुनदिनु हुदैन भन्ने मान्यता रहेको समेत जनाए । यसले ट्रम्प अमेरिकी अर्थतन्त्र प्रति कति धेरै संबेदनसिल छन् भन्ने मात्र प्रदर्शित गर्दैन, पोस्ट कोरोना (post corona) अमेरिका आर्थिक महाशक्ति रहन सक्ला नसक्ला भन्ने चिन्ता समेत झल्काउँछ । के साँच्चिकै अमेरिका कोरोना कहरपछि पनि आर्थिक महाशक्ति रूपमा टिकि रहन सक्ला ? या संसारले इकोनोमिक कोर्स (economic course) परिवर्तन गर्ला ? विश्व यो प्रश्नको उत्तरको बेघ्र प्रतीक्षामा खडा छ ।

(कुँवर नेकपाका बैतडी जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा “क” नं निर्वाचन क्षेत्र समन्वय समिति संयोजक हुन् साथै २०७४ सालको स्थानीय निर्वाचनमा पुर्चौंडी नगरपालिकाको तत्कालीन नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उमेदवार समेत हुन् ।)

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।