१. आमुख
समृद्ध नेपाल सुखी, खुशी निरोगी नेपाली सरकारको मूल कार्य दिशा हो । यो सबै मानव खुशी सुखी रहुन् । कोही पनि मानिस दुख भागि नहोउन भन्ने भावको समाजवाद रसमवाद सर्वकल्याणकारी समाज निर्माणको ध्यय हो । यो ध्यय तथा कार्ययोजना विचारहरू कार्यान्वयन गर्नु सरकार र नेकपा (नेकपा)को महत्वपूर्ण कार्यभार हो । यो समवादी रसमाजवादी समृद्ध नेपाल निर्माणको कार्यभार त्यति वेला मात्र पुरा गर्न सकिन्छ जतिवेला साम्राज्यवाद तथा एकाधिकार दलाल पुँजीवादको घेरा तोड्न सकिन्छ । यो ऐतिहाँसिक कार्यभार पुरा गर्न साम्राज्यवादरुपी समुन्द्रको आकार ,त्यस भित्रका तरङ्ग हिमशीला तथा चट्टान र वायुको दिशा तथा गति एवं आरोह अवरोहलाई वश्तुगत ढङ्गबाट नवुझी परिवर्तनकामी जहाजलाई पार लगाउन सकिदैन ।
यो कुरा सरकार र सरकारको नेतृत्वदायी पार्टी नेकपा (नेकपा) र यसका शिर्ष नेतृत्व अध्यक्षद्वय तथा दुई पाईलट रक्याप्टेन ज्यूहरु तथा विभिन्न तहका नेता कार्यकर्ताहरुको पंतिले अवश्य मनन गर्नु जरुरी छ । अहिले पार्टीमा देखिएका विवादहरु पनि उपर्युक्त विषय विज्ञानहरुलाई समयमै ख्याल नदिई पार्टी र सरकार हाँक्न पुग्नुका परिणति हुन् । विवाद सिर्जना हुनुमा भौतिक परिवेशको कारण पार्टीमा तल देखी मथि सम्म अनियमितता, विकृति, विसंगति जस्ता विजातीय प्रवृतिले प्रवेश गरेको छ र पार्टी वर्गीय धुर्विकरणको प्रक्रियामा अगाडी वढी नै रहेको छ ।
अव यस्ता कजोरी उपर वेलैमा निर्मम समिक्षाका साथ कमि कमजोरी हटाउने कार्य गर्न कुनै कसर वाँकी राख्नु हुदैन । यो पार्टीको केन्द्र, स्थानीय सबै तहका वैठक बसेर हल गर्न सक्नु पर्छ । वैठकबाटै पार्टीका रसरकारका राम्रा नराम्रा कामहरुको उचित मूल्याङ्कन गर्न सकिन्छ । राम्रा कामको प्रचार गरेर जस लिने र नराम्रा कामहरुको समिक्षा गरेर सुधारेर सुध्रिएर, सुद्धिकरण गरेर अघि वढ्न सकिन्छ ।मार्क्सवादले जीवन र जगतमा लागु हुने विपरित्वको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, सङ्घर्ष र रुपान्त्रणको श्रृङखलाद्वारा उचित मार्गमा दिशा निर्देश गरी सिङ्गो मानव जातिलाई मुक्ति अर्थात समुन्नत समाजमा पदार्पण गराउछ भन्ने मान्यता राख्दछ । यसरी ठिक र वेठिकका वीच निरन्तर सङ्घर्ष चलिरहन्छ र रुपान्त्रण पनि हुन्छ ।
२. विषय विस्तार
एकपटक दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सोधिएछ ‘तपाई यति महान् सफल नेता हुनको पछाडिको प्रेरणाको स्रोत को हो ? उनले जवाफ दिए, ‘मेरो बुबा’ । मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो । दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो। मैले पनि त्यही सिकेँ। उक्त भनाइबाट हाम्रा नेतृत्वहरुले शिक्षा लिन जरुरी छ ।
देखिएका मत मतान्तरहरु हल गर्न प्रेरणा लिन विलम्व गर्नु हुदैन । पार्टी भित्र देखा परेका समस्या उचित ढङ्गबाट समाधान गर्न नसके पार्टी विभाजन हुन सक्छ । यस्तो अवस्थामा प्राप्त उपलव्धि धुलिसात हुने निश्चित छ । भि.आई लेनिन भन्नु हुन्छ आफैलाई रक्षा गर्न नसक्ने क्रान्तिको कुनै महत्व हुदैन । परन्तु क्रान्तिले आफूलाई रक्षा गर्ने कुरा एकैचोटी सिक्न पनि सक्दैन ।
त्यसैले पार्टी एकताका बाँकी कार्यभार र जनताका जल्दा बल्दा समस्या समाधान गर्न तिर वहश केन्द्रीत गर्नुको अलवा स्वार्थ समुहमा विभक्त भएर दुनिया हँसाउन लाग्नु निन्दनीय छ । यतिखेर कही नभएको जात्रा हाँडी गाँउमा भने झै सरकार तथा नेतृत्वको कार्यशैलीगत तुर्टीको आलोचनामा मात्र वहश केन्द्रीत गर्नु पर्ने वाध्यता आइलाग्नु निश्चयनै सोभनीय विषय हुदै होईन । कठोपनिषद्को एउटा मन्त्र छ । सहना भवतु सह नौ थुनक्तु तेजस्विनावधीतमस्तु सहवीर्यं करवाहै । सँगै मिलेर बसौँ । सबै मिलेर खाऔँ । सँगै मिली ठुला पराक्रमी काम गरौँ सबै मिली ओजस्वीपूर्ण अध्ययन गरौँ । यसै मन्त्र अनुसार सरकार र पार्टी नेतृत्व चल्ने हो भने समृद्धि दुर दराजको विषय होइन ।
पार्टीमा नेता कार्यकर्ताहरुवीच हुने राजनैतिक, वैचारिक वहश छलफल, विवादले नै फेरी पनि पार्टीलाई एकता सङ्घर्ष ,रुपान्त्रणको दिशामा निर्देशित गर्ने हो । अगुल्ठो नठोसी आगो बोल्दैन भने झै वाद विवाद तथा वहश छलफलको श्रृङ्खलाबाटै पार्टीमा नयाँ आयाम विचार दिशा संस्लेसित हुदै पार्टी संगठित रुपमा झन नयाँ समृद्ध हुदै अघि वढ्छ । एङ्गेल्स भन्नु हुन्छ, सबै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुको अन्तिम कारण मानिसहरुको दिमागमा वा सार्वकालिक सत्य र न्यायबारे मान्छेको श्रेष्ठतर अन्तरदृष्टिमा खोज्ने होइन, परन्तु उत्पादन र वितरणको प्रणालीमा आएको परिवर्तनमा खोज्नु पर्दछ ।
तिनीहरुलाई प्रत्येक युगको दर्शनमा होइन परन्तु अर्थशास्त्रमा खोज्नु पर्दछ (एङ्गेल्स १९७६) । खास गरेर शिर्ष नेतृत्व यी सबै घटना परिघटनाहरुमा अलि वढी जिम्मेदार हुनु स्वभाविक छ ।कतै हाम्रा नेतृत्वको सत्ता आशक्तिको कारण चित्त वेहोसी एवं मुर्छित भएको त होइन । यो सत्य हो कि आशक्तिले भरिएको आँखाले सत्य कदापी देख्दैन ।संस्कृत साहित्यमा भनिएको छ(आशमयं जीवनम्) ।मानव जीवन निरासा होईन आशावादी बनाउनु पर्छ । तसर्थ आफुतिर फर्केर हेर्न सक्नु पर्छ । मन र हृदयलाई शान्त स्थिर बनाई सत्य र निष्ठाको राजनीति पश्कन सके मात्र समृद्धि एवं समुन्नत समाज निर्माण संभव छ ।
३. निष्कर्ष
कुर्वन्नेवेह कर्माणि जिजिविषेच्छतं सभास् । असल काम गरेर अमर हुने दिर्घायु हुने ईच्छा मानवले राख्नु पर्छ । पद प्रतिष्ठा भन्ने कुरा अस्थायी हुन यी कुराबाट ढिलो चाँडो भुत पूर्व हुनै पर्छ । यो वैज्ञानिक मर्म सबैले र खास गरेर अझ प्रधानमन्त्रीले विशेष रुपमा आत्मसाथ गर्न सक्नु पर्छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओलीमा भएका केही वैचारिक रकार्यशैलिगतरमनोगत तुर्टीहरु सच्याउनै पर्छ । किनकी अग्लो ठाँउमा हावाले वढी नै हान्छ । यसको अर्थ प्रचण्ड, माधवहरुको साथै प्रतिपक्ष काङ्ग्रेस लगायत भने दुधले नुहाएका भन्ने पक्कै होईनन ।
राष्ट्रको सर्वोपरी हितको लागि सबै सबै रुपान्त्रणको दिशामा निर्देशित हुन जरुरी छ । यम बरालले गाएजस्तै ‘जाली संसार कस्को छ र भर’ भने जस्तै कतै आम जनताको पंति पनि यस्तै निराशा र दिक्क बन्नु पर्ने र जुन जोगी आए पनि कानै चिरेको उखान चरितार्थ हुने त होइन प्रश्न छ । त्यसैले जनता यतिखेर राहुल सांस्कृत्यायनको भनाई जस्तै “मागो नही दुनियाँको बदलो”को भावमा उधारो आश्वासन खारेज गर्दै विकल्पको खोजिमा नलाग्लान भन्न सकिन्न । त्यसैले ब्यक्तिगत जीवन होस या सार्वजनिक सरकार वा पार्टी चलाउदा विधि नीतिका आधारमा चल्नु चलाउनु नै श्रेष्ठकर हुन्छ ।
अहिलेका सबै समस्या पार्टीको एकताको भावनालाई विशेष खयाल गरी अन्तरिम विधान सहमति र सहकार्यको संगठनात्मक पद्धति अनुसार हल गर्नु पर्छ ।राजनीतिक वैचारिक संगठनात्मक महत्वका साथै राष्ट्रिय एजेण्डाहरुमा गहिरो संग छलफल वहश गरी राष्ट्रिय शक्ति सन्तुलनको वश्तुनिष्ठ निष्कर्षमा पुग्नु मूलुकको हितमा हुन्छ । सिङ्गो व्रहमाण्ड जसरी गतिशील हुन्छ त्यसलाई बुझ्ने वदल्ने विज्ञान मार्क्सवादी विचार तथा राष्ट्रिय अन्तराष्ट्रिय राजनीति पनि विकसीत तथा गतिशील नभईरहन सक्दैन ।
यो नियम नेकपा (नेकपा) मा पनि जोडदार रुपमा लागु हुन्छ । त्यसैले वाम संक्रिणतावाद, मनोगतवाद, आत्म केन्द्रीत अवसरवाद, वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवाद जस्ता कलुसित धन्दाबाट मुक्त भई पार्टी र राष्ट्रको लागि उचित एजेण्डा आत्मसाथ गर्न नेतृत्व तथा पार्टी रसरकार थप जिम्मेदार बन्नु पर्छ ।
पार्टीलाई गलत विचार चिन्तन, सिद्धान्तको वन्धक किन्तु बनाउनु हुदैन । तर एकताको बाँकी कार्यभार पुरा नहुदै एकताको स्प्रिटलाई असर गर्ने गरी पदिय भागवण्डाको किचलोमा फस्नु फसाउनु रुपान्त्रणको ध्यय हुन सक्दैन । यसको अर्थ सिङ्गो पार्टी हुकुम प्रमङ्गीबाट चलाउनु पर्छ भन्ने मक्सद हुदै होइन । निगेल काल्डर भन्छन् (जव, प्राधिकार)को नियन्त्रणमा पुग्छ तव विज्ञानको मृत्यु हुन्छ । आफ्ना गुरुहरुको खण्डन गर्न तयार रहने यूवा ब्यक्तित्वहरुको निरन्तर प्रवाहले मात्र यसलाई जीवित राख्छ । ‘सरकार होस या पार्टी प्रणालीलाई, ब्यक्तिगत वा सार्वजनिक जीवनलाई सार्थक र ब्यवश्थित एवं खुला र पारदर्शी बनाउन नयाँ राजनीतिक मोडालिटीको वहश तथा रचनात्मक आलोचनाले रामवाणको भूमिका निर्वाह गर्दछ ।
काम पाईनस बुहारी कनिका केला भन्ने मानसिकताको अन्त्य तल देखी माथि सम्म सबैले उचित जिम्मेवारी पाउने कार्य विभाजन नै निकास हो । प्राकृतिक भौतिकी वैदिक साहित्यमा भनाई छ (अयं निज : परो वेति गणना लघुचेतसाम । यो मेरो यो तेरो रपरायो भन्ने भावना सानो चित्त भएकाहरु हो । जहाँ समस्या त्यहाँ समाधान गतिशील पार्टीको प्राण हो । कसैले पनि मेरो गोरुको बारै टक्का भन्छ भने त्यो त्यही गोरुको पलाएको खुर हो जो समयक्रमा आफै खिइएरै सकिन्छ । यो जीवन्त पार्टीमा एकता सङ्घर्ष रुपान्त्रण यिनै आयामहरुको भूमरी, छाल, भङगलाहरुपार गर्दै अघि वढ्छ । इतिहाँस असल कर्मले निर्माण गर्ने हो । मरे पछि पनि बाँच्ने अमर त्यही हुन्छ जसले नीति विधि मूल्य मान्यता आदर्श दरो संग पक्डिन्छ ।





















प्रतिक्रिया