Logo

अनलाइनपाना खोज

काठमाडाैंमा लकडाउन हटेकाे हाे ?



आजदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । टाइम कार्ड लागू गरेपछि निर्धारित समयभित्र अफिस पुग्न खाेज्नेहरूकाे सवारी साधनकाे लर्काे नै लाग्याे। सडकमा जाम देख्दा लाग्थ्याे कि लकडान खाेलिएकाे पाे कि भनेर ।

लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन ।’टाइम कार्ड’को नियमअनुसार सरकारी कर्मचारीहरुलाई बिहान र बेलुकाको समय तय गरिएको छ ।

विशेष गरी राजधानीका सुन्धारा, कोटेश्वर, बानेश्वर र जडीबुटी क्षेत्रमा ‘पिकआवर’ को जाम यस्तो देखिन्थ्याे ।काठमाडौंका सडकमा गाडीहरुको ताँती लाग्दा व्यवस्थापन गर्न ट्राफिकलाइ समेत भ्याइनभ्याइ भएकाे थियाे । चैत ११ देखि शरू भएकाे लकडाउन जेठ ५ गतेसम्म थपिएकाे भएपनि सडकमा देखिएकाे सवारी साधनकाे जाम हेर्दा जाे काेहीलाइ हटेकाे भान हुन्थ्याे ।

कुन गाडी कति बेला ?

सरकारी कर्मचारी : बिहान ९-१०:३०(कार्यालय जाने)

बेलुका ५-६ (फर्कने)

बैंक/बित्तीय संस्थाका कर्मचारी-: बिहान ९-१०:३० (कार्यालय जाने)

बेलुका ३:३०-५ (फर्कने)

निर्माण सामग्री बाेकेका ट्रक/टिपर: बेलुका ८

बिहान ६

दैनिक उपभाेेग्य वस्तु तथा इन्धन बाेक्ने गाडी: बिहान ४-१०

प्रकाशित मिति : २८ बैशाख २०७७, आईतवार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।