Logo

समाचार

एनआईसी एसियाले जेठमा कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने



एनआईसी एसिया बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीबाट सम्पूर्ण ऋणीलाई परेको असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट जेष्ठ महिनाका लागि समेत १० प्रतिशत छुटको योजना लागु गर्ने जनाएको छ ।

जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा दुई प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्णरूपमा चुक्ता गरे सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले ल्याएको जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १७:००   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।