Logo

सम्पादकीय

महामारीको बेलामा सरकारबाट भ्रष्टाचार



देश नै यतिबेला कोरोना महामारीबाट गुज्रीरहेको परिपेक्षमा नेपालका विभिन्न जिल्लाहरुपनि अछुतो रहन सकेको छैन् । महामारीको बेला पनि सरकारबाट भ्रष्टाचार भएको भन्दै सत्तारुढ दलप्रति आरोप लागिरहेको छ । संघीयता आएसँगै स्थानिय तहले अधिकारको दुरुपयोग गरेको गुनासो पनि उत्तिकै छ । स्थानिय तह देखि केन्द्रसम्म भ्रष्टाचार झांगिरहेको विभिन्न घटनाहरुले देखाउँछ ।

कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वनै आतंकित भएको अवस्थामा नेपालमा भने विभिन्न आर्थिक चलखेलहरु भएको देखिए । स्थानिय तहमा राहत वितरणमा देखिएको अनियमितता होस् वा कोरोना रोकथाम र नियन्त्रणका लागि खरिद गरिने उपकरणमै पनि भ्रष्टाचारको गन्धले चर्चा पायो । पछिल्लो समय नेपालमा भ्रष्टाचार मौलाउँदै गएको विश्लेषण हुने गरेको छ । अझ, स्थानिय तहले व्यापक अधिकार पाएपछि भ्रष्टाचार, अनियमितता र पँहुचवालाहरुको राज्यको ढुकुटीमा हालीमुहाली बढेको गुनासो छ ।

हाल नेपालमा अर्बौ रकम कोरोना रोकथाम र नियन्त्रणका लागि खर्च गरिएको छ । राज्यको ढुकुटीबाट ठूलो रकम प्रयोग भएपनि सन्तोषजनक काम भने हुन सकेको छैन । क्वारेन्टिन लगायत बिरामीको उपचारमै पनि राज्यको पहुँच फितलो छ । म हामारीको बेला पनि भ्रष्टाचार देखिनु लज्जास्पद विषय हो ।

तसर्थ, जनप्रतिनिधिले संकटको समयमा नागरिकलाई अभिभावकत्व प्रदान गर्नतर्फ बढि ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । अतः नेपाललाई भ्रष्टाचार रहित समाज निर्माणका लागि राज्यको सम्बन्धित निकायले गम्भिर भएर अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।