कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल लगाएत विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । रोजगारीका लागि २० लाख भन्दा बढि नेपालीहरु विदेश पलायन भएका छन् ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो ठाउँ ओघटेको छ । रेमिट्यान्स पठाउने तीनै नेपालीहरुलाई अफ्ठ्यारो समयमा राज्यले सुरक्षा नदिएको गुनासोहरु आएको छ ।
नेपाल बाहिर रहेका नेपालीहरुले संकटको बेलामा अभिभावकको महशुश गर्न नसकेकोमा दुखेसो पोखिरहेका छन् । रोजगार ठप्प भएका कारणले होस् वा कोरोनाका डरले नेपालीहरु विदेशमा आत्तिएको अवस्था छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई राज्यको अभिभावकको महुशस गराउन चुकिरहेको छ । त्यसैगरि, अहिलेको समयमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारको अवस्थाका बारेमा पनि राज्य बेखबर जस्तै बनेको छ ।
उनीहरुका लागि राज्यले खासै पहलदारी कदम चाल्न सकेको छैन । प्रधानमन्त्री केपी ओलीलले समाजिक संजाल फेसबुकमार्फत विभिन्न देशका प्रमुखसँग फोनमा नेपालीको अवस्था बुझिरहेको र सहयोग मागेको बताएपनि त्यहाँ रहेका नेपालीले त्यस्को महशुश गर्न सकेका छैनन् । त्यसैगरि, बाहिरी देशमा रहेका नेपाली राजदुतावासले समेत नेपालीहरुको समस्या समाधान गर्न तारिफयोग्य कदम नचालेको वैदेशिक रोजगारमा गएका नागरिकहरुले गुनासो पोखेको अवस्था छ ।
तसर्थ, राज्यले विदेशमा रहेका नेपालीहरुको सुरक्षाका सवालमा गम्भिर हुन जरुरी छ । भारतमा रहेका नेपालीहरुलाई नेपाल नल्याउन प्रधानमन्त्रीले निर्देशन दिएको समाचारहरु पनि बाहिरिएको छ । उनीहरुलाई ल्याउँदा अरु भारतीयहरुपनि नेपाल आउने डर रहेको भन्दै समस्यामा परेहका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने पनि बताइएको छ ।
तसर्थ, राजदूतावासको काम कारवाहीका बारेमा पनि सरकारले अनुगमन गर्न जरुरी छ । अतः राज्यले नागरिकको सुरक्षाकालागि अन्य देशहरुमा आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ ।
















प्रतिक्रिया