आइतवार देशमा बाढी पहिरो अर्थात प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेहरुको सख्या सय नाघेको भनी सरकारी सूचनामै विवरण आयो । यसैदिन यता सत्तारुढ दल नेकपाका एक अध्यक्षले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाटन गरे । त्यसमा उनले खासगरी यही नेकपा भित्रबाट नै सडकमा प्रधानमन्त्री इतर नेताविरुद्ध दलाल र देशबेचुवा भनी नारा लगाइरहेको अवस्थाको विरोध गरे ।
देशमा प्राकृतिक विपत्ति आइलागेको भनी पूर्व निर्धािरत अर्थात चलिरहेको स्थायी समिति बैठक एक हप्ताका लागि स्थगित भएको जानकारी दिए पार्टी प्रवक्तले । शुक्रवार नै यो विपदका नाममा प्रधानमन्त्री अर्थात अर्का अधक्ष्यले सम्वोधन गरे । पार्टी कार्यकतालाई उद्धारमा लाग्न भने तर त्यसको भोलिपल्ट शनिवार पनि ‘यो देश ओलीका लागि र ओली भोलीका लागि’ भन्ने नारा लगाउँदै सडक प्रदर्शन भैरह्यो । यसैलाई लक्षित गरेर होला अर्का अध्यक्षले चितवनमा झरेर कार्यकर्ता भेला गर्दै यस्ता प्रदर्शनीमा प्रकट भएका नाराप्रति आपत्ति जनाएका ।
देशमा बाढीपहिरो आइरहँदा सत्तारुढ दल नेकपामा पदका लागि निरन्तर रस्साकस्सी चलिरहेको थियो तीन हप्तादेखि । कतिसम्म भने निर्धारित बैठक समेत चल्न सकेको थिएन । पाँचौँ पटकसम्म यसरी बैठक स्थगित भएको अवस्थामा असार २६ मा छैठौं पटक बैठक डाकिएको थियो जसलाई अर्को एक हप्तासम्मका लागि स्थगित गरियो अर्थात विवाद थातीमा राखियो विपत्तिलाई कारण देखाएर । त्यसको सूचनामा प्रवक्ताले भनेका थिए –
यो बैठक स्थगित गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटमा लेखे ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भईसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’
नै विगत लामो समयदेखि दिन विराउँदै स्थगित हुँदै आएको बैठक २४ असारमा २६ गतेका लागि सरेको थियो । १० असारदेखि संचालित बैठक पार्टीभित्रको विवाद मिलाउन भन्दै तर नमिलेका कारण यस अघि चारपटक स्थगित भैसकको छ । यो पटक पनि विगतलाइ हेर्दा स्थगन नै हुनेवाला थियो । यो बैठक हुने अघिल्लो घण्टासम्म दुई अध्यक्षबीच कुरा मिलेको थिएन ।
तर यो पटक यो ट्विटले एउटा मानवीय कारण देखायो बैठक पर सर्नुमा । देशभर भैरहेको अतिवृष्टि र विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भईसकेको भन्ने भनाइले आफैमा अर्थ राख्छ । तर यो ठाउँमा सम्पूर्ण पार्टी पंक्तिलाई उद्दार एवं राहतमा लाग्न भनिएको कुरा कार्यकर्ताले त टेरेनन नै पार्टीका अध्यक्षद्वय स्वयमले नै मानेका देखिएनन् ।
महाविपत्तिमा भौगोलिक अखण्डताका कुरा
यो बैठक स्थगित भएको दिन बेलुका प्रधानमन्त्रीले यो विपत्तिका नाममा सम्वोधन गरे तर त्यसमा आफनो पार्टीका बारेमा आफनो देशभक्तिका बारेमा जेजस्ता शव्दहरु प्रकट भए त्यसलाई धेरैले यो ठाउँमा त्यस्तो राजनीतिक र अझ आफनो दलको आन्तरिक कुराले त्यति धेरै ठाउँ नपाएको भए पनि हुने थियो भनी टिप्पणी गरे । तर प्रधानमन्त्रीको त्यो सम्वोधनमा पार्टीको यो विवावद देशमा आइपरेको विपत्ति भन्दा ठूलो मानियो । त्यो सम्वोधनमा पार्टीको कुरा –
‘दिदीबहिनी तथा दाजुभाइहरु, अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तीनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुकाबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुष्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदै सम्मको प्रयास हुनेछ ।’
प्रधानमन्त्रीले यस्तो सम्वोधन गर्दा देशका १८ जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भएका थिए । त्यो बेलासम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी । तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण ठूलो क्षति भैसकको थियो । यसक्रममा सयको हाराहारीमा ज्यान गुमेको र तीन दर्जन जति वेपत्ता भएका र हजारको हाराहारी परिवार विस्थापितमा परेका थिए । भौतिक सम्पत्तिको क्षतिको त विवरण आउन बाँकी नै थियो ।
यो बाढीको कुरा थियो । कोरोनाको महामारी त विद्यमान नै थियो । प्रधानमन्त्रीले विपत्तिका बारे सम्वोधन गरेको यो दिन असार २६ गते सम्म १६ हजार ६ सय ४९ जना नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका र ती मध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या प्रधानमन्त्रीका अनुसार ३८ थियो ।
देशमा फैलिएको माहामारीको बेला प्रधानमन्त्रीले ‘राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुष्ण राख्न’ भन्दै गरको प्रतिवद्धताको आर्फै कस्तो अर्थ लाग्ला र आफ्नो दलको आन्तरिक विवादको कुरा उठाउँदा आम तहका र अझ पीडित नागरिकले कस्तो मान्लान भन्ने आफै एउटा प्रश्न उठ्छ नै ।
यही सम्वोधनमा पनि प्रधानम्न्त्रीले आम नागरिकलाई कोरोना महामारीको जोखिम बढेको भन्दै खासगरी उपत्यकामा ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुन सक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको वताए । यता त्यही राजधानीमा उनका कार्यकर्ता वितेका चार दिनदेखि निरन्तर प्रदर्शन गरिरहका थिए सरकराले तोकेका सबै मापदण्ड र नियम कानून उल्लघन गरेर । उनले यस्तो सम्वोधन गरको भोलिपल्ट पनि यस्तो प्रदर्शनी कायमै रह्यो । तीनलाई रोक्न कतै एकशव्द के अकै निर्देशनको पहल नै भएन ।
प्रधानमन्त्रीले राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक(स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्दछ, छोटकरीमा एस–एम–एस भनिएको– सामाजिक दूरी कायम गर्ने मास्क प्रयोग गर्ने त भने तर आफूले नै आफ्ना पक्षमा प्रदर्शन गर्न सडकमा उतारेकाले देखाएका रमिता प्रति भने केही बोलेनन् ।
प्रचण्डको नक्सा निर्देशन
प्रधानमन्त्री तथा एक अध्यक्षले प्रकोपका नाममा यस्तो सम्वोधन गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पुगेर भने ‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, के यो लम्पसारवाद हो रु’
उनको यो भनाइ असार २८ को हो जुनबेला अतिबृष्टिबाट उव्जिएको प्राकृतिक प्रकोप फैलिएर देशव्यापी नै भएको थियो । प्रचण्ड यो प्राकृतिक विपत्तिको उद्धारका लागि भनेर नै चितवन झरेका हुन् । तर त्यो ठाँउलाई उनले आफनो दलभित्रको विवादमा आफनो पोजिसन स्पष्ट पार्न मै समय लगाए । यसको अर्थ हो वास्तवमा विपत्ति प्रति भने नेतृत्वबाट सम्वेदनहीनताको प्रदर्शनी हुनु ।
‘केही साथीहरुलाई लाग्यो, म लम्पसारवादी भएँ, यो लम्पसारवाद भयो, साथीहरुले कडा आलोचना गर्नुभयो । मैले संसदको रोस्टमबाट भनेको थिएँ, यो लम्पसारवाद होइन । यो हाम्रो आन्तरिक विवादको कुरा हो, भोलि इतिहासको घटनाक्रमले देखाउने छ, हो या होइन भन्ने कुरा । केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भयो । के यो लम्पसारवाद हो रु फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो रु संविधान त बन्यो, निर्वाचन हुन्छ त रु भन्ने थियो । मैले मधेसीहरुलाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त रु
पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन । यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो रु पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त रु पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु ।
सबैले जिन्दावादको नारा लगाऔं, यही नै यो राष्ट्रको हितमा छ । पार्टी र देशको हितमा छ । अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।
मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्ष सहित पार्टी सञ्चालानको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो रु’
सम्वेदनाको यस्तो नमूना
उता मान्छे बाढीबाट बगेको छ, पहिरोबाट पुरिएको छ र तिनलाई खोज्न बाढी पहिरो नभनी मान्छेहरु लागि रहेका छन् । तिनलाई प्रोत्साहन गनुृपर्ने बेला र ठाउँमा, त्यही प्रयोजनका लागि भएको सम्वोधनमा एउटा अध्यक्ष तथा प्रधानमन्त्री ‘देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुष्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ’ भनी प्रतिवद्धता जनाउन आवश्यक ठान्छन्, यहीबेला अर्का अध्यक्ष देशको नक्सा प्रकाशित गर्न कसले सुझाव दिएको भनी त्यसको फेहरिस्त वताउनमा एकडेढ घण्टाको समय लगाउछन् कार्यकर्ता प्रशिक्षणका नाममा भने यो विपदको सम्वोधन कस्तो भयो होला भन्ने अनुमान गर्न सकिन्छ । त्यसमाथि प्रधानमन्त्रीले सडकमा उतारेका कार्यकर्ता आफ्नैदलका नेताहरु माथि जिन्दाावद र मूर्दावादको नारामा बाजागाजा सहित नाचगान गरिरहेका देखिन्छन् भेटिन्छन भनेत मान्छे मारिइरहेको यस्तो अवस्थाको सत्तामा सामान्य प्रकारको वोध समेत नभएको हो कि भन्ने प्रश्न उठ्छ नै ।
देशमा महाविपद परेको भनी स्थायी समितिको निर्धारित बैठक स्थगित भएको पर्शिपल्ट २७ असारमा काठमाण्डौको माइतीघरमा नेकपाका युवाहरुको प्रदर्शनी देखियो, त्यो बेला त्यो ठाँउमा जस्ता नारा लागे त्यसले पनि अहिलेको यो विपत्ति प्रति सत्ताको खासै सरोकार नरहेको भन्ने देखायो ।
यो समूहलाई प्रधानमन्त्रीले सडकमा उतारेको भन्ने स्थापित भएको छ । त्यस दिन वाजा गाँजा सहितको यो टोलीको नारा थियो देशबेच्न पाईदैन । यो दिन सम्ममा यता पहिरोमा पुरिएर र बाढीले बगाएर ३०–४० जनाको सख्या वितेको दुइचार दिनदेखि नै वेपत्ता भैरहेका भन्ने समाचार आइरहेका बेला माइतीघरको यो प्रदर्शनी र त्यस्तो नारालाई पनि धेरैले रुचाएनन् । त्यसमाथि उनीहरुले कोरोना विरुद्धको सरकारले नै बनाएको व्यवस्थाको सिधै उल्लंघन गरेका अवस्थाको त धेरैले नोट नै गरे ।
कोरोना रोकथाम र उपचारमा उचित व्यवस्था भएन भनी अनसनमा बसेकाहरुलाई सामाजिक दुरु कायम नगरेको भनी पक्राउ गर्ने सरकारले यी युवाहरुलाई भने मोटरसाइकलमा जोर विजोर पनि लागेन र दुइजना चढ्न नपाउने व्यवस्था पनि मान्न परेन । यो कुनै एक दिनको मात्र कुरा होइन, यस्तो प्रदर्शनी चलेको वितेको एकहप्तादेखि नै सत्ताका आडमा नियम तोड्ने क्रम निरन्तर नै चलिरहेको अवस्था कायमै रहेको देखियो ।





















प्रतिक्रिया