Logo

प्रमुख समाचार

पार्टी एकताको रक्षा हाम्रो बटमलाइन हो : नारायणकाजी



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा  बटमलाइन भएको बताएका छन् । सत्तारुढ दल भित्र आन्तरिक विवाद चर्किदै गर्दा प्रवक्ता श्रेष्ठले पार्टी प्रति चिन्ता व्यक्त गरेका छन्।

मंगलबार ट्विट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवंम अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो ।

तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ। भन्दै सुझाव दिएका छन् । नेकपामा अध्यक्ष एवम प्रधामन्त्री राजीनामा माग गरेसँगै प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशनको जाने प्रस्ताव ल्याएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १२:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।