नागरिक अगुवा डा. सुन्दरमणी दिक्षितले काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको भयंकर खतरामा परिसकेको दावी गरेका छन् । अहिले जतिजना सङ्क्रमित भएको भनिएको छ त्योभन्दा दश गुणा बढी सङ्क्रमित रहेको हुनसक्ने उनले दावी गरे ।
डा. दिक्षितले भने, “विरगञ्जमा दिनप्रतिदिन कोरोना सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या बढीरहेको छ, त्यसो काठमाडौ र अन्य ठाउँहरुमा पनि जानेवाला छ, तत्काल आवत जावतमा कडाई गर्नुपर्छ ।”
कोरोना नियन्त्रणकालागि सरकार पुरै असफल भएको आरोप लगाउदै उनले अहिलेको सरकारको विकल्प खोज्न पनि गाह्रो रहेको नेपाली रेडियो नेटवर्कसँग बताए। उनले केपी ओलीको विकल्प खोज्नु असंभव रहेको बताउदै केपी ओलीलाई नै सुधार्नका लागि सवैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका असन्तुष्ट नेताहरुले पनि ओलीलाई हटाउने प्रयास गरेपनि नसकेको उनको भनाई छ । “ओलीलाई हटाउन कसैले सक्दैन भन्ने देखिएको छ, कसैको तागतले पुग्दो रैनछ, त्यसैले अव उनलाई सुधार्नुको विकल्प छैन,” डा. दिक्षितले भने ।
काचुली फेरिएको ओली देशका लागि अत्यावश्यक भएकोमा उनले जोड दिए । डा. दिक्षितले थपे, “सरकारले काम गर्न नसकेको पनि सत्य हो, ओलीलाई हटाउन नसकिने पनि सत्य हो, त्यसैले ओलीलाई हामीले अझै दुई बर्ष भोग्नु नै पर्छ।”



















प्रतिक्रिया