Logo

सूचना/प्रविधि

प्याब्सनको शब्दावलीमा नेपाल टेलिकमको आपत्ति



नेपाल टेलिकमले विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन०ले प्रयोग गरेको शब्दावली प्रति आपत्ति जनाएको छ । ई–शिक्षा प्याकेजको सम्बन्धमा टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोग गरेकोमा टेलिकमले आपत्ति जनाएको हो ।

टेलिकमका अनुसार मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा छलफल बमोजिम नै ई–शिक्षा प्याकेज वा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर प्याब्सनले अनपेक्षित रुपले प्याब्सनले टेलिकमलाई कुनै जानकारी नगराई प्याकेज सम्बन्धी परिपत्र आफ्नो वेबसाइटमा राखेको टेलिकमले जनाएको छ ।

सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको टेलिकमले जनाएको हो ।

टेलिकमले भनेको छ ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।