Logo

सूचना/प्रविधि

टेलिकमले खोल्यो सहायक कम्पनी, के गर्छ काम ?



नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवालाई व्यवस्थित गर्न छुट्टै सहायक कम्पनी स्थापना गरेको छ । टेलिकमले मोबाइल सेवाबाट हुने सम्पूर्ण कारोबारलाई समेटर फाइनान्सीङ कारोबार गर्न ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ नाम दिएर छुट्टै कम्पनी स्थापना गरेको हो ।

टेलिकमका सहप्रबक्ता कृष्णप्रसाद भण्डारी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । नवनियुक्त सीइओ भण्डारीका अनुसार मंगलबारदेखि कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ ।

‘मोबाइलबाट हुने भुक्तानी सेवालाई विस्तार गर्दै विश्वसनिय बनाउदैँ लैजाने योजना सहित सेवा गरिएको हो’। उनका अनुसार कम्पनीको अधिकृत पूँजी १ अर्ब छ भने जारी पूँजी ४० करोड रहेको छ’ उनले भने ।

सेवा विस्तारका लागि आवश्यक सर्भर खरिदको लागि असाज २ गतेसम्मको समय राखेर मंगलबार अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । आह्वानमा परेका निवेदन अनुसार सिस्टम किनेपछि सेवा सूरु हुने टेलिकमले जनाएको छ ।

गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकम बिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अुनसार मंगलबारदेखि छुट्टै सहायक कार्यालय स्थापना गरेर काम सुरु गरेको छ।

उता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक निती मार्फत भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गरेको छ । उक्त व्यवस्था अनुसार बैंकले सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका) संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगन भएको छ । हाल बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभु पे लगायत १४ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालन अनुमति पाएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।