सरकारले भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकको सार्वजनिक गर्दै भदौ १६ गतेदेखि नियमित व्यवसायिक अन्तरदेशीय हवाइ उडान खुला गर्ने बताएका हुन् ।
उडान तालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने खतिवडाले जानकारी दिए । भदौ १५ सम्म उडान बन्द गर्ने निर्णय गरेको सरकारले १६ गतेदेखि उडान सञ्चालनमा ल्याउने भएको हो ।
प्रवक्ता खतिवडाका अनुसार पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकाहरु मात्रै उडानमा रहनेछन् । त्यस्तै आएका यात्रुले सात दिनसम्म होटलमा क्वारेन्टिन बस्नुपर्ने छ । त्यसरी क्वारेन्टिन बस्दा लाग्ने खर्च रकम एयरलाइन्सले टिकटमै समावेश गर्नुपर्ने छ । त्यसरी संकलन गरेको रकम एयरलाइन्सले कोभिड व्यवस्थापन केन्द्रमा बुझाउनुपर्ने छ ।
सरकारले गत चैत ११ गतेदेखि गरेका लकडाउनका कारण व्यवसायिक उडानहरु भएका छैनन ।





















प्रतिक्रिया