नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफना सभापति शेरबहादुर देउवा समक्ष यो १४ औं महाधिवेशनमा आफुले उम्मेदवार दिने निर्णय गरेको अर्थात उठन लागेको र त्यसका लागि आफुलाई समर्थन गर्न भनी प्रस्ताव गर्दा देउवाले खासै आक्रोसयुक्त प्रतिकृया दिएनन भन्ने भनाइका विवरणहरु बाहिर आए ।
निधिको यो प्रस्ताव वा भनौं आफुले त्यस्तो निर्णय गरिनै सकेको भन्ने कुरा यो महाधिवेशन र त्यसको उम्मेदवारीका सन्दर्भमा सामान्य थिएन । यो बेलासम्म सभापति देउवाका लागि निधि सबै भन्दा निकट पात्र थिए जो हरेक कुरामा अन्तरँग छलफल होस र राजनीतिक परिणामको पनि आँकलन होस । यसले नेपाली कांग्रेस र त्यसभित्रका यी दुवैपात्रहरुको पनि भविश्य निर्धारण गथ्र्यो । यो सम्वन्धमा भित्र के थियो भन्ने अलग कुरा होला तर बाहिर यस्तै देखिँदै आएको र त्यही ठाउँमा प्रतिश्पर्धाको कुरा आएको थियो ।
पहिलो त यो बेला यस्तो थियो जो देउवा आफैँ जसरी भएपनि यो महाधिवेशजमा नेतृत्व हात पार्न जस्तासुकै अवस्थाबाट गुज्रन तयार थिए । त्यसैपनि अरु युवालाई नेतृत्व छाडेर अभिभावकत्वमा बस्ने भन्ने सुझाव आउदा सार्वजनिक रुपमानै आक्रोस पोख्ने उनी यो ठाउँमा किन एक प्रकारले निधिलाई अर्को महाधिवेशन दिन तयार भए र निधिले चाहिँ त्यसलाई मानेनन भन्ने प्रश्न जन्मिन्छ । यो उम्मेदवारी घोषणा गर्नु अघिसम्म पनि निधि देउवाको जतिसंग आफनो पनि जित देख्ने व्यक्ति हुन् । त्यो सन्दर्भम १३ औं अधिवेशनमा निधिलाइनै देउवाले दिएको बचन पनि कारक होकि भन्ने यो ठाउँमा चर्चा हुनु स्वाभाविक होला ।
१३ औं महाधिवेशनमा देउवाले करिव दुइतिहाइ मत ल्याएर विजय प्राप्त गरेका थिए । करिव १२ सयका विरुद्ध १८ सय मत अन्तर थियो त्यसबेला । यसमा निधिको लगनशीलता र देउवाका पक्षमा उनले गरेको त्यागको पनि एउटा भाग हुनुपर्छ । त्यो महाधिवेशनमा निधिको हरेक ठाउँमा एउटै कुरा हुन्थ्यो – यो पटक देउवालाई दिनोस । देउवाले जित्नुनै मेरोपनि जीत हो । मेलै कुनै पद खोजेको छैन । देउवाले जिते मलाई पुग्छ ।
जानकारहरु भन्छन हाल १५औं महाधिवेशनमा आफनो समूहबाट निधिलाइ निर्विकल्प सभापतिको उम्मेदवार भनी अहिले नै लेखेर दिन तयार भए जस्तै देउवाले त्यसबेला यो १४ औं महाधिवेशन पनि निधिका लागि निश्चित गरेका थिए । यसबारे दुवैजना बोलेका छैनन । यो आफै मौन रहने हो कि कुनै बेला प्रकट पनि होला भन्ने समयले देखाउला । यति चाहिँ पक्कै हो, १३ औं अधिवेशन देउवाका लागि एउटा ठूलो मिशन थियो र राजनीतिक जीवन मरणको सवाल पनि । त्यो पटक देउवाले हारका थिए भने अर्को पटक भन्न सक्ने अवस्था थिएन ।
१३ औं महाधिवेशन देउवाका लागि कोइराला परिवारबाट शक्ति हत्याउन थियो । त्यसबेला देखि पछिल्लो समय यसरी नै टिप्पणी हुनथालेका छन । कोइराला परिवारबाट पार्टीको नेतृत्व जुनसुकै तबरबाट पनि फुत्काउने त्यो मिशनमा कोइराला परिवारबाट रुष्ट भएकाहरुले त साथ दिएनै, जो स्वाभाविक पनि थियो । देउवाखेमाबाट पनि सबैले यसलाई अस्तितवको सवाल बनाए । ती सबैभन्दा बढी त्याग सहितको योगदान थियो निधिको । त्यसबेला अरु देउवा समूहमा आउँदा कतिपय पदका शर्तहरु थिए ।
कोही त्यसैबेला प्रकटभए कोही पछि । तर निधि एकमात्र त्यस्ता पात्र हुन जो त्यसबेला देउवाले सबै पद बाँडेर केही बाँकी नरहेको अवस्थामा पनि आफुले कुनै पद खोजेनन मात्रै होइन सार्वजनिक रुपमा नै भनिरहे –मलाई कुनै पद चाहिएन तर शेरबहादुर देउवालाई जसरी पनि जिताऔं । दुवै महामन्त्री र उपसभापति पद समेत त्यसबेला बाढिइ सकिएका थिए निर्वाचन सन्दर्भमा । पछि कतिपयव्यक्तिलाई त्यस्तो आश्वासन अनुसारका पद दिइएनन र कति रुष्ट पनि भए जो सार्वजनिक भएका विवरणहुन र कतिपयले त्यो महाधिवेशन पछि नै देउवा खेमा छाडे पनि ।
निधि आफैलेपनि देउवालाई अत्यधिक मतले जिताए तर उनले उपसभापति पद पनि महाधिवेशन सम्पन्न भएको तीन वर्ष पछि ०७५ मा मात्रै पाएका हुन । तर पनि उनको त्यति धेरै गुनासो थिएन वा रहेन । थियो भने पनि सार्वजनिक रुपमा आएन । निधिले उपसभापति पाउँदा देउवाको स्वाभाविक कार्यकाल एक वर्षमात्र बाँकी थियो ।
यही सन्दर्भमा हो देउवाले निधिलाई १४ औ महाधिवेशनमा आफनो समूहको सभापतिको उम्मेदवार भनी किटानी गरेका रहेछन भन्ने देखिने ठाउँ पनि । राजनीतिक पदको धैर्यता राजनीतिक पदले नै दिन्छ भन्ने मन्यता हुन्छ । तर जव १४ औ महाधिवेशनको समय संघारमा आउन थाल्यो निधिलाई लाग्यो होला देउवाले आफनो बचन विर्सिए । त्यो सत्य पनि थियो । महाधिवेशनमा देउवाको तयारीले यो कुरा देखाइरहेकै थियो । त्यसबेला अत्यधिकमतले जितेको पहिलो कार्यकाल पछि त्यस्तो नेतृत्वले आफनो दलको विधानले दिए अनुसार दोस्रो कार्यकालको दावी गर्नु पनि कुनै अनौठो र गर्नै नहुने काम थिएन ।
अझ पहिलो कार्यकालमा आफृुले राम्रो गरको भनी देखाउने अवसरपनि थियो यो । त्यसकारण यो अवसर उनका लागि अस्वाभाविक थिएन होला तर त्यसको प्रहार उनलाई निस्वार्थ सहयोग गर्ने पीढिमाथि पर्न गएको अवस्था देखियो यदि यो बेला चर्चामा आए जस्तो यो १४ औ महाधिवेशनमा त्यसबेला नेतृत्व हस्तान्तरण हुन्छ भनी वताइएको हो भने । सम्वन्धित दुबै पात्र भौतिक रुपमा उपस्थित रहेकाले यो विषयमा यदि कसैले ढाटछल गरेका हुन भन्ने खुटिँदै जालापनि ।
देउवाले १३ औं महाधिवेशन जित्न १४ महाधिवेशन निधिका लागि अर्पिएका नै हुन भने त्यो वचनवद्धतामा इमान्दारिपन खोज्नु स्वाभाविकनै हुन आउछ । अघिल्ला वचनको पालना भएन भने आउँदा दिनका लागि दिइएको वचनको अर्थ आफैँ केही रहँदैन । त्यसदिन निधिले देउवाबाट १५ औ महाधिवेशनको आफना तर्फबाट निर्विकल्प उम्मेदवार भनी जसरी वचन प्राप्त भयो र त्यसलाई उनले पत्याउन सकेनन वा मानेनन, त्यो एउटै कुराले पनि धेरै अवस्था बुझाउछ ।
यो कुनै अरु पक्षसंग नभएर नेपाली कांग्रेसको बहालवाला सभापति र बहालवाला उपसभापतिबीचको सम्वन्धको सन्दर्भ पनि हो । कसले दिने वा नदिने र कसले लिने वा नलिने आदिको निर्णय गर्ने अन्तिम स्थल त आखिरमा महाधिवेशन नै हो । त्यो बेलासम्म देउवाले के गर्लान भन्ने प्रश्न त बन्ने भयो नै । (क्रमशः) – सुवेदी’ रिपोर्ट
याे पनि





















प्रतिक्रिया