Logo

समाचार

विजया मिश्रा सात दिनभित्र अख्तियारमा उपस्थित हुन नसक्ने



सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाईको अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । मिश्र भने यतिबेला जापानमा छन् । तर मिश्राले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्किने बताएका छन् ।

तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्र समेत विवादमा तानिएका थिए । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका छन् ।

जापानमा रहेका मिश्रले प्राईम टेलिभिजनसँग टेलिफोनमा कुरा गर्दै राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्नका लागि जतिसक्दो चाँडो नेपाल आउने बताए । नियमीत उडान नभएकाले आफु जापानमा फसेपनि सेप्टेम्बरको १६ देखि २० गतेभित्र आफु नेपाल आईपुग्ने उनले बताएका छन् ।

अख्तियारको अनुसन्धान अधिकृत र आफूबीच नियमित कुराकानी भइरहेको बताउँदै मिश्रले भ्रष्टाचारबाट कोही पनि उम्किन नहुने बताए । संसद्मा प्रतिपक्षीले समेत आफूमाथि आक्रमण गरेको भन्दै मिश्रले यो प्रकरणमा आफूले सत्य बाहिर ल्याउने दाबी गर्दै आईरहेका छन् । मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएका अन्ट टेण्डर लगायतका डकुमेन्टहरु आफुले वकीललाई दिईसकेको र अख्तियारले डिभाईस उपलब्ध गराउनु भनेपछि सो डिभाईस लिन जापान आएको बताएका हुन् । साथै उनले उक्त प्रकरणमा आफ्नो तर्फबाट सबै प्रमाण अख्तियारलाई उपलब्ध गराउने पनि दावी गरे ।

अडियो प्रकरणपछि तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका थिए । उक्त अडियोमा बास्कोटाले ७० करोड कमिसनबारे छलफल गरिरहेका थिए । यसबारे अनुसन्धान गर्न अख्तियारले आजै एक सुचना सार्वजनिक गर्दै मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको हो । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।