Logo

प्रमुख समाचार

गगन थापाले डा. केसीको मुद्दाका बारेमा खुलाए थप यस्तो कुरा, बालुवाटारमा उथलपुथल



दुई तिहाइको बलमा दुवै सदनबाट कम्युनिष्ट सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले २३ औँ दिनदेखि आमरण अनशनमा बसेको डा. गोविन्द केसीको माग तीन करोड जनतको पक्षमा रहेको बताएका छन्।

युवा नेता  थापले डा. केसीसँग एक भएर लड्ने बताए। बिहीबार डा। केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थाले भने, ‘डा। केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो। चिकित्सा शिक्षा विधेयकको विषयमा उहाँ र हाम्र कुरा मिलेका छन्। हामी एक ठाउँ बसेर लड्छौं।’

स्रोतका अनुसार डा. गोविन्द केसीको मागमा काँग्रेसले प्रत्यक्ष रुपमा समर्थन जनाएपछि अस्पताल झै यो मुद्दा पनि सम्झौता गर्नुपर्ने अवस्था आउँछ की भनी तानवित भएका छन्। जसले बालुवाटारमा याे विषयले स्थान पाएकाे छ।

चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा। गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा। केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा। केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। इलाम पुगेर अनशन बसेका केसीलाई स्वास्थ्य विग्रिएपछि काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  ३ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।