बुटवल ,संघीय संसदसहित प्रदेशमा पनि प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसले दुई तिहाईको बहुमतमा आडमा संविधान विपरीत गर्ने कार्यलाई रोक्न शसक्त रुपमा आफ्नो दबदबा बनाएको छ।
सोही क्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक काँग्रेसले अवरुद्ध गरेको छ। अनशनरत डा। गोविन्द केसीको जीवनरक्षा र उनको माग सम्बोधन गर्नुपर्ने माग राख्दै शुक्रबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सुरुमै सभामुख पुर्णबहादुर घर्तीले सदन प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी सांसदले उभिएर विरोध जनाएका थिए। सभामुख घर्तीले सदन सुचारु गर्न दिन आग्रह गर्दै केही माग भए रोष्टममै आएर बोल्न आग्रह गरेपछि प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलले रोष्टमबाटै डा। केसीको जीवनरक्षामा संघीय सरकार गम्भीर नदेखिएकाले संसद चल्न नदिने बताएका थिए।
डा। केसीको जीवनरक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाहीको दायरामा नल्याएसम्म सदन चल्न नदिने नेता पोखरेलले बताए। प्रतिपक्षको अवरोधका कारण बैठक माघ २२ गते सम्मका लागि स्थगीत गरिएको छ।
प्रतिक्रिया