Logo

प्रमुख समाचार

संसदमा योगेशले भने,‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पहल पर्याप्त भएन !



पाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहल पर्याप्त नभएको गुनासो गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न पनि माग गरे ।

सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलव, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

उनले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरी द्विपक्षीय वार्ता गरेर सो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सनलगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

उनले बेलायती सेनामा नेपाली महिलालाई पनि भर्ना गर्ने लगायतका विषयमा पनि आवश्यक छलफल गरी बेलायत सरकारसँग समझदारी गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ११ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।