Logo

राजनीति

पूर्व एमालेमा सिद्धान्तको लिलाम, साख जोगाउन भागाभाग



जनताले देशको सुरक्षा गर्नका लागि समाजबाट एक जनालाई नेता चुन्छन् । कुनै एक पार्टिको सदस्यता लिएको त्यो नेतालाई जननप्रतिनिधी बनाएर सेवाका लागि पठााउछन् । तर, नेपालका नेताहरुले देश बनााउदैनन् ।

त्यो बेलामा आफ्नो फाईदा बेफाई खोज्दै डुल्छन् । तर, उनीहरु आफ्नो पार्टिको सिद्धान्तमा अडिग रहन्छन् । तत्कालिनन एमालेमा भने यसको महत्व हराउदै गएको छ ।

पुर्व माओबादिसंगको एकतापछि एमाले नेताहरुले यसको विपरित काम गरिरहेका छन् । उनीहरुले देशमा द्वन्द चलिरहेको बेलामा माओबादीहरुको घाोर विरोध गर्ने गरेका थिए । तर, अहिले यसको विपरित देखिन्छ । एमालेहरु आफ्नो साख जोगाउन भागभाग नै चलेको छ ।

मुलुकमा जबसम्म माओवादी युद्ध चलेको थियो, त्यो बेला सम्म जन आन्दोलनको गर्दै हिँड्ने एमाले नेताहरु पार्टि एकिकरण पछि पहिलो पटक मनाईएको जनयुद्ध दिवसमा भाग लिन गएनन् । उनीहरु विभिन्न बाहाना गरेर भागे । त्यतिबेला खरो रुपमा युद्धको विरोधमा उत्रिएको पूर्व एमालेका नेताहरुले आफ्नो सिद्धान्तलाई लिलामीमा बेचेर त्यही जनयुद्ध दिवसलाई उल्लासपूर्ण रुपमा मनाएका छन् ।

तत्कालीन माओवादीका नेताहरुले धुम्बराहीमा जनयुद्धको स्मरण गर्दै दिवस मनाईरहँदा सिद्धान्तलाई सर्वाेपरी मान्ने नेकपाकै केही नेताहरु भने यो दिनलाई पूर्व एमालेहरुको सिद्धान्त पतनको दिनको रुपमा आलोचना गर्छन् । यसरी अहिलेको नेतृत्वको आलोचना गर्ने केहीले सामाजिक सञ्जालमा नै यसको आलोचना गरेका छन् भने केहीले आफ्नो नाम नलेखिदिन आग्रह गर्दै यसप्रति असन्तुष्टि जनाउने गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  १० : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।