नेपाल टेलिकमले विस्तार गर्न लागेको फोरजी विस्तारको लागि आह्वान गरेको टेण्डरमा करोडौ घोटाला भएको भन्दै अख्तियार दुरुपयाोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वाईडबडि प्रकरण छानबिनमा कमजोर देखिएको सरकार फेरी फोरजी घोटाला प्रकरणमा फसेको छ ।
यस विषयमा नेकपाकै सांसदहरुले आवाज उठाएका छन् । सरकारले वाईडवडि खरिद प्रकरणको छानबिन समेत गर्न सकेको छैन् । सरकारले २-४ लाख रुपैयामा बन्ने योजनालाई करोडौ रुपैया खर्च गर्नु नै पहिलो गल्ति हो । सरकारले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न टेण्डर आह्वान गर्ने बेला नै घोटाला सुरु भएको हो ।
विकाशको क्षेत्रमा सरकारले तिब्रता दिनुपर्ने बेलामा विभिन्न काममा सरकार आफ्नै कारणले फसिरहेको छ । नेपालमा फोरजी सेवा विस्तार गर्न सामान्य रकम लाग्ने भएपनि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले १८ अर्ब खर्चिएर भ्रष्टचारलाई प्रोत्साहन दिएको छ ।
सांसदहरुले यसलाई सुदृढि करण गर्न सुझाव दिएको भएपनि सरकारले सिधै टेण्डर दिएपछि भ्रष्टाचार भएको हो । सरकारले आह्वान गरेको फोरजी सेवा विस्तारको विषयमा छानबिन गर्न माग गर्दै (नेकपा) असन्तुष्ठ समुह तथा प्रमुख नागरीक अनुसन्धा ब्यूरोका युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन । नेपाल टेलिकमले देशव्यापी रुपमा फोरजी सेवा विस्तार गर्नका लागि चिनियाँ कम्पनी हुवावेलाई ठेक्का दिएको छ । हुवावेलाई फोरजी विस्तारमा लाग्ने रकम भन्दा तिन गुणा बढिले ठेक्का दिईएको हो ।
जससमा सिधै करिब १२ अर्ब अनियमितता गरिएको पाईन्छ । फोरजी प्रकरणमा सरकारी स्तरका उच्च तहका कर्मचारीको समेत मिलोमतो रहेको पाईन्छ । फोरजी प्रकरणमा मन्त्री, सचिव र टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक लगायतको मिलोमतो रहेको छ । उनीहरुलाई राजनितीक आडमा बसेका अन्य उच्च पदस्थ विचौलिया गिरोहरुले साथ दिईरहेका छन् ।
भ्रष्टहरुलाई कारवाहि गर्नका लागि बनाईएको आयोगहरुले समेत विचौलियाहरुलाई सम्पत्ति मोहमा छोड्ने गरेको पाईन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेलाबेलामा परेका यस्ता खालका उजुरीहरु परिरहेको भएपनि अख्तियाले हजार रुपैया देखि १०-२० हजार रुपैया घोटाला गर्नेहरुलााई ठुलै प्रचार प्रसार गरेर समाउने गरेको छ । तर, देशमा अरबौको भ्रष्टाचार गर्नेहरुलाई भने अख्तियारले केहि गर्दैन । यसैले उनीहरु अझ पावरफुल बन्दै जाने गरेको पाईन्छ ।
जनमानसमा आफुहरुले काम गरिरहेको देखाावटिमा ठुला भ्रष्टचाारीहरुलाई बचाउने कारणले मुलुकमा अझ गम्भिर स्तरका घटनाहरु घटिरहेका छन् । अख्तियारको क्रियाकलापले जनमानसले अनुभूति गरेको कुरालाई प्रतिविम्वित गर्दछ । अख्तियारले ठूला–ठूला ठेक्कामा हुने करोड र अर्ब भ्रष्टाचार प्रकरणमा तदारुकताका साथ छानविन गर्न सकेको छैन । २÷४ हजार घुस लिनेले देश खोक्रो बनाउँदैनन् । तर, २-४ अर्ब नीतिगत भ्रष्टाचार हुँदा देश खोक्रो हुन्छ ।
यता, सरकारका मन्त्रीहरु भने यो वा त्यो बाहाना देखाएर भाग्ने पुरानै प्रवृत्तिमा चलिरहेकाले देशमा भ्रष्टाचार गर्नेहरुको संरक्षकहरुले चलखेल गर्ने स्थान पाउने गरेका छन् । नेपालका उच्च पदस्थ ब्याक्तिहरुलाई भने कानुन नै मिचेर बचाउने राजनितीक दलहरुका कारण भ्रष्टाचारले दरिलो गरि खुट्टा गाडेर बढेको छ ।
प्रतिक्रिया