Logo

प्रमुख समाचार

प्रधानमन्त्री ज्यु धेरै गफ नदिनुस : नेविसंघ सदस्य चन्द्र विक



काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघका केन्द्रिय सदस्य चन्द्र विकले प्रधानमन्त्रीको एक वर्षे प्रतिबेदन गफ मात्र भएको बताएका छन् । सदस्य विकले अनलाईन पानासंग कुराकानी गर्दै प्रधाानमन्त्री आोलीले जदनताको नाममा छारो हाल्ने नयाँ प्रविधी अपनाईरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकारको कार्यभार सम्हालेको एक वर्षे प्रतिबेदन विहिबार सार्वजनिक गर्दै आफुले नेतृत्व गरेको सरकारले अहिले सम्मकै उत्कृष्ट काम गरिरहेको बताएका छन् । सदस्य विकले यसकोा खण्डन गर्दै अहिले सरकार कामै नलाग्ने भएकाो बतााए । सदस्य विकले देशमा भ्रष्टाचार, गगेण्डागर्दिका साथै बलाात्कार जस्ता जगन्य अपराध भईरहेको बेलामा ओलीले जनता हसाउने काम गरिरहेकोा बताए ।

सााथै विकले यसको टिप्पणि गर्दै ओलीले वाईडबडि प्रकरण, निर्मला बलात्कार काण्ड, फोरजी विस्तार अनियमितता प्रकरणमा असफल भएको बताएका छन् । यस्तै विकले नेपाली जनतााले गफ नभई समृद्धि चाहेको कुरा ओलीले बुझ्न नसकेको बताए ।

प्रधानमन्त्री ओलीले विहिबार साँझ सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नो लक्ष्य सफल भएको दाबि गरेका थिए । आोलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको कुराको टिप्पणि गर्दै सदस्य विकले ओलीले सरकारालाई भ्रष्टचारीको जालोमा फाल्ने सपना बुनेको बताए ।

उनले जनता भुलाउन एकताको नाम दिएर ओली र प्रचण्डले देशको राजनितीकै खिल्ली उडाएकाले यो कुरा नेपाली कांग्रेसलाई सह्य नभएर आन्दोलन गरेको बताए । सदस्य विकले अब जनताले राष्ट्र सेवक चिनिसकेको र त्यो कांग्रेस भएको बताएका छन् । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले देश आर्थिक संकटमा जाने खतरामा रहेको बेलामा जनतालाई पकम्फुसे गफ दिएको बताए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ६ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।