Logo

uncategorized

ओली सरकार राष्ट्रको रक्षकहोईन भक्षक हो : बरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार नेपाली जनताको रक्षक नभएर भक्षक भएको आरोप लगाएका छन् । आईतबार तनहुँको दमौलीमा रिपोर्टर्स क्लब द्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले मुलुकमा संस्थागत भ्रष्टाचार हुने गरेको भन्दै राष्ट्रको रक्षक नै भक्षक भएको आरोप लगाएका हुन्। नेता पौडेलले भ्रष्टाचारलाई प्रोत्साहित गरेर देशको विकास नहुने बताएका छन्।

सरकारले भ्रष्टाचारलाई निरुत्साहित गुर्नको सट्टा प्रोत्साहित गरेको पौडेलको आरोप छ। सरकारबाटै भ्रष्टाचारलाई प्रोत्साहन गर्ने प्रपन्च भइरहेको उनले बताए। भ्रष्टाचारको भावबाट उठेको सरकारले कस्तो विकास दिन्छ ? उनको प्रश्न छ।

सुशासन विकासको महत्वपूर्ण आधार हो, सरकारले विकासको आधार खडा गरेको छ, त्यो आधार सम्पूर्ण रुपले हिलोमा किलो गाड्ने काम गरेको उनको भनाई छ। ‘नेपालमा सुशासनको सुरुवात भएको छ। स्थायित्वको सुरुवात भएको छ।

शान्ति सुरक्षाको प्रवन्ध मिलेको छ’, उनले भने ‘विकासको आधार झन विग्रेको छ।सुशासन देशको सबैभन्दा महत्वपूर्ण रहेको छ। स्थायित्वको भाव, आर्थिक व्यवस्था, लगानीको वातावरण सुध्रिएको आधार केही पनि छैन।’ ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार व्यक्ति नै भ्रष्टाचारमा संलग्न रहदा समेत राज्य मौन रहेको भन्दै उनले भ्रष्टाचारमा संलग्नलाई दण्डीत गर्न नसक्दासम्म भ्रष्टाचार मौलाइरहन्छ’, उनले भने।

नेता पौडेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन समयमै गराउनुपर्छ भन्दै कार्य समितिलाई म्याद थप्नुपर्ने अधिकार छैन, कांग्रेसले भ्रष्टाचारविरुद्धमा दरो भएर उभिनुपर्ने उनको सुझाव छ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ९ : २५ बजे