मालपोतका कर्मचारीहरुको मनपरीका कारण अधिकांस नेपाली नागरिकले नै घरजग्गा विहिन बन्नु परेको सांसद उमा रेग्मीले बताएकी छिन् । सांसद रेग्मीले साोमबारको प्रतिनिधीसभा बैठकमा बोल्दै यस्तो बताएकी हुन् ।
बैठकमा सुन्य समयमा बोल्दै सांसद रेग्मीले जिल्लाका सबै मालपोत कार्यालयहरु अस्तव्यस्त बनेकाले ति कार्यालयलाई सुधार गर्न आह्वान गरेकी छिछन् । त्यसको असर एउटा व्यक्तिको घरजग्गा अर्को व्यक्तिको नाममा समेत हुने गरेको गुनासो सुनाईन् । उनले काठमाडौंमा बसेर अनलाईनाट हेर्दा एउटा व्यक्तिको नाममा रहेको घरजग्गा अर्कै व्यक्तिको नाममा देखिएको गुनासो समेत उनको छ ।
मालपोतमा भ्रष्टाचारको विषय त सर्वविदितै छ पहिलेदेखि नै । तर, मालपोतका अधिकारीहरुको मनपरीका कारण मानिस सुकुम्बासी बनेको समाचार समेत आउने गरेको छ ।
‘म आफू बसिरहेको घरजग्गा अर्कै कुन्नी के कँडेलको नाममा देखिएको छ ।’ सांसद रेग्मीले भनिन् ‘अनलाईनमा त्यो मिस्टेक देखेर मालपोत जाँदा मेरो जग्गाको ढड्डा खोज्न मलाई ४ दिन लाग्यो । धन्न ढड्डामा मेरै नाम रहेछ ।’ उनले यस्तो अस्तव्यस्त कहिलेसम्म रु भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।
प्रतिक्रिया