अछाम । अछाममा श्रीमतिले नै श्रीमानले मदिरा सेबनको भन्दै उजुरी दिएर कारवाहि गराएकी छिन् । जिल्लाको मंगलसेन नगरपालिकाकी एक महिलाले वडा कार्यालयमा श्रीमानको उजुरी दिएकी हुन् ।
नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन्। श्रीमतीको उजुरी पश्चात रानालाई तीन हजार जरिवाना तिराईएको छ । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन्।
कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने हर्क दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय छन्। ‘मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा एक लाख ४० हजार जति मदिरामै सकियो होला’, रानाले भने, ‘अब त मदिरा सेवन गर्दिन।’
मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसैन नगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन्।
घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन्।
नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहुँदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ।




















प्रतिक्रिया