नेपालबाट खाडि मुलुक लगायत विभिन्न क्षेत्रमा काम लगाईदिने भन्दै भारत पु¥याइर्एका १७९ जनालाई उद्धार गरिएको भएपनि नेपाल ल्याउन सकिएकशो छैन् । उनीहरुलाई भारतको उत्तरपुर्वी क्षेत्र मणिपुरबाट उद्धार गरिएको हो ।
उनीहरुलाई भारतको बाटो हुदै नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएको थियो । उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्मारको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको माइती नेपालले जनाएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।
माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट ति नेपालीहरुलाई उद्धार गरीएको हो ।
उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै माइती उनले उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राख्ने जानकारी दिएको छ । त्यस मध्येका अधिकांससंग दलालले चार÷पाँच लाखका दरले पैसासमेत असुलेको उनीहरुले बताएका छन् ।
ती नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालले जनाएको छ ।
उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ लागिपरेका छन् ।
प्रतिक्रिया