Logo

प्रमुख समाचार

एक हप्तामै नेकपामा चमत्कार



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चमत्कार हुने भएको छ । एकता प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा चमत्कार गर्न लागि परेको स्पष्ट पारेका छन् ।

नेकपाको सचिचवालय बैठकमा एकताका लागि गठन गरिएको कार्यदलले एक हप्ताको समय माग गरेको छ । अबको एक हप्तामै कार्यदलले चमत्कार गर्ने बताएको छ ।

विहिबार बसेको नेकपा बैठक अनिर्णीत बनेको छ । कार्यदलका सदस्यहरुसँग छलफल गरेपछि केहीय समय सचिवालय बैठक बसेपनि बैठक शुक्रबार विहानका लागि फेरि बैठक डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यदलका संयोजक सहितका सदस्यहरुले एक हप्ता समय माग गरेका हुन् ।

कार्यदलका सदस्य योगेश भट्टराईका अनुसार सचिवालयसँगको बैठकमा कार्यदलमा रहेका सबैले आ–आफ्नो राय सुझाव दिएका थिए । माग गरे अनुसार एक हप्ताको समय दिएमा कार्यदललाई पार्टीले दिए अनुसारको जिम्मेवारी अनुरुपको प्रतिवेदन दिन सक्ने दावी भट्टराईले गरे ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ६ : ५२ बजे