Logo

समाचार

जेलरलाई कार्यालयबाटै ७५ हजार घुससहित पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना जेलरलाई कार्यालयबाटै घुस लिँदालिद्ये पक्राउ गरेको छ । शुक्रबार अख्तियार अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारी रहेका छन् । कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टटरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयले जनाएको छ ।

लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा कम माग्दै आएको बताइएको छ । दिउँसो १२ बजेतिर टोली क्वार्टरमा पुगेकोे थियो । अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ११ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।