Logo

समाचार

वीर हस्पितालको लिफ्ट खस्दा दुईको मृत्यु, एकको अवस्था गम्भिर



काठमाडौंको वीर हस्पिटलको लिफ्ट खस्दा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्टमा यात्रा गरिरहेका उनीहरुको लिफ्ट खसेर मृत्यु भएको हो ।

महागनरीय प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी रहेका छन् । यस्तै सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन ।

प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

हाल घटनास्थलको मुचुल्का प्रक्रिया प्रहरीले सकेको छ । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ११ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।