Logo

प्रमुख समाचार

कांग्रेस नेता गगन थापाले गर्जिदै सोधे सरकार मेलम्चीको दोषी को मन्त्री कि सचिव ?



नेपाली काँग्रेसका नेता एबं प्रतिनिधी सभा सदस्य गगन थापाले मेलम्ची खानेपानी आयोजनाको बारेमा सरकारलाई प्रश्न गरेका छन् । सांसद थापाले आजसम्म मेलम्ची आयोजना नबन्नुमा कसको दोष हो भन्दै प्रश्न गरेका थिए ।

उनले मन्त्री बिना मगरसंग जवाफ माग गर्दै भने्, मन्त्री र सचिवले एक अर्कालाई आरोप प्रत्यारोप गरिएको छ । सचिवले मन्त्रीलाई दोष दिन्छ, र मन्त्रीले सचिवलाई दोष दिएको समाचार छापामा आईरहेको भन्दै या त यो समाचार गलत हो भने समाचार खण्डन गर्न र होईन भने को दोषी हो स्पष्ट पार्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा सार्वजनिक विषयमा खानेपानी मन्त्रालयको विषयमा उठेको प्रश्नको मन्त्रीले जवाफ दिने कार्यतापलका अनुरुप मन्त्रीलाई प्रश्न गर्दै उनले यस्तो भनेका हुन् । आफ्नो सरुवा भएपछि तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले सिएमसीलाई थप ३ अर्ब दिएर धरौटी सहित फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाब दिएको आरोप लगाउँदै कानून र देशको हित विपरित काम गर्न नमानेपछि आफ्नो सरुवा गरिदिएको आरोप सचिवले लगाएका छन् ।

त्यसैमा थप्दै सचिव ठाकुरले मन्त्रीले मुलुक डुबाउने काम गरिरहेको भन्दै त्यसमा आफूले सहयोग गर्न नसकेको आरोप लगाएका छन् । तर, मन्त्री मगरले भने ३६ करोड सिएमसीलाई दिने निर्णय भएकोमा सचिवले नै ३६ करोड मागेकोले उनलाई सरुवा गरिदिएको बताएकी छिन् । सांसद थापाले संसद्मा यही दुई विवादास्पद अभिव्यक्तिकोे स्पष्ट जवाफ माग गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ११ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।