Logo

समाचार

नोल वायुसेवा निगम द्वारा ५० जना पाइलटको माग



राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ५० पाईलट माग गरेको छ । निगमले आफ्ना रिक्त रहेका पदपूर्तिका यिस पाईलट माग गरेको हो ।

जसमा १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको छ ।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन् । निगमका अनुसार ती १४ जहाज उडाउन सिनियर क्याप्टेन, जुनियर क्याप्टेन , सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर एक सय ४३ जना पाइलट आवश्यक हुन्छ । अहिले निगमसँग ८५ जनामात्रै पाइलट छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  २ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।