नेपालका विभिन्न स्थानमा पुनः पानी पर्ने भएको छ । आजबाट मौसम बद्ली भएका कारण पानी पर्ने सम्बावना बढेको हो ।
मौसम पुर्वानुममान महाशाखाका अनुसार बिहीबार देशैभरका बिभिन्न जिल्लाहरुमा मौसम बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको नेपाल प्रवेश गरेकाले प्रभाव क्रमशः बढ्दै गएको छ । सोहि कारणले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
पश्चिममा गएरातिदेखि नै मौसम परिवर्तन भईरहेको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविदहरुको भानई छ । पुर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना रहेको छ ।
यसैले यसको प्रभावकै कारण बिहीबार पनि पानी पर्ने भएको हो । बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ । आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने छ ।
यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया