Logo

समाचार

एउटै विद्यालयका ३७ विद्याार्थी एकैपटक बिरामी



रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयका ३७ जना विद्यार्थीहरु एकै पटक विरामी परेका छन् । विद्यार्थीहरु आइतबार बिहान गाउँपालिका–६ मा रहेको मयाङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन्।

केहीदिनदेखि विद्ययालय आएका विद्यार्थी टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन्।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालयका २७९ जना विद्यार्थी मध्ये ३७ जना बिरामी परेका छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए।

स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ५ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ । स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका प्रअ सेनले बताए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ७ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।