जहाजमा यात्रा गर्ने यात्रुहरुको संख्या बृद्धि भएपछि नेपालका आन्तरिक उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले जहाज थप्न लागेका छन् । पछिल्लो समय हवाई यात्रा गर्ने गर्ने यात्रुहरुको चाप बढ्दै गएको छ । जसका कारण नेपालमा भएका हवाईजहाजहरु को पर्न थालेका छन् ।
सोहि कारणले नेपालका एयरलाईन्सहरुले नयाँ एयर थप्न लागेका हुन । यसरी एयरलाइन्सहरुले जहाज थप्दै जाँदा यात्रुहरुलोई प्रत्यक्ष लाभ लिइरहेका छन्। सोहि कारणले भाडा समेत सस्तो भएको छ ।
स्वदेशमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरुले नयाँ जहाज ७० सिट भन्दा माथि यात्रु बोक्न सक्ने क्षमता भएका जहाज ल्याउने तयरीमा जुटेका छन् । बजार लिडर बुद्ध एयरले ७२ सिट क्षमताको एटिआर–७२ सिरिजको जहाज अर्डर गरिसकेको छ। उसको जहाज मार्च्भित्रै नेपाल आइपुग्ने बताइएको छ। त्यस्तै नेपाली बजारको दोस्रो ठूलो एयरलाइन्स यतिले पनि २ वटा एटिआर ७२ जहाज ल्याउने तयारी गरिरहेको छ।
६ जेटस्ट्रिम र ३ एटिआर ७२ जहाजबाट भद्रपुर,विराटनगर, जनकपुर,पोखरा, भरतपुर, भैरहवा र नेपालगंज उडान गरिरहेको एयरलाइन्सले बैशाखभित्र नेपाल ल्याइपु¥याउने जानकारी दिएको छ।
त्यस्तै जेट इन्जिन जहाजबाट तराई क्षेत्रका विमानस्थलमा उडान गरिरहेको श्री एयरलाइन्सले पनि तत्कालै २ वटा सिराजे क्वू ४०० सिरिजका जहाज ल्याउने तयारी गरिरहेको छ। उसले प्रति जहाज १ अर्ब खर्च गरेर ल्याउनका लागि अर्डर पनि गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणबाट एनओसी पर्खिरहेको एयरलाइन्सले अनुमति पाउनेवित्तिकै जहाज ल्याउने तयारी गरेको हो।
चारवटा जहाज ल्याएयर पोखरा, भरतपुर जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको श्रीले केही समय अघिमात्र अन्तर्रा्ष्ट्रिय गन्तव्यमा चार्टर उडान गर्ने अनुमति पाएको छ।
आन्तरिक बजारमा राम्रै व्यापार गरिरहेका एयरलाइन्सहरुले क्षेत्री उडानलाई केन्द्रमा राखेर जहाज थप गरिरहेका छन्। बैशाखदेखि काठमाडौं–कोलकत्ता उडान गर्ने घोषणा गरिसकेको बुद्ध एयरले अब आउने जहाज त्यही गन्तव्यमा केन्द्रित गराउने तयारी गरेको छ। त्यस्तै श्रीले पनि क्षेत्री उडान गर्ने तयारी गरिरहेको छ।
प्रतिक्रिया