Logo

पत्रपत्रिका

लाखौँ खर्चेर बनाइएको वीर अस्पतालको भिभिआइपी कक्षमा २९ वर्षदेखि ताला



वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको आजको नयाँपत्रिकामा खबर छ ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरुसँग भेटघाट गर्ने परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सका लागि छुट्टाछुट्टै कोठा छन् ।

यसबाहेक भान्सा र बाथरुम छन् । पञ्चायत कालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।