Logo

प्रमुख समाचार

सरकार नसच्चीय तरुण दलले आन्दोलनको आँधीबेहेरी ल्याउने महासचिव शाहीकाे चेतावनी



संसदको पहिलो प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले
पछिल्लो समय पार्टीमा गुटगत असन्तुष्टिहरु सार्वजनिक हुन थालेपछि पार्टी नेतृत्वलाई आन्तरिक एकता गरी पार्टि मजबुत बनाउन आग्रह गरेका छन्।

महासचिव शाहीले बुधबार पत्रकार सम्मेलन गरेर नेतृत्वलाई आन्तरिक एकता मजबुत बनाउन आग्रह गरेका हुन्।सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध लड्नुपर्ने भएकाले पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउन अत्यावश्यक रहेको उनको भनाइ थियो।

अहिले आन्तरिक गुटगत राजनीति छाडौ। महाधिवेशनमा आ-आफ्ना गुटका पक्षमा लागौंला, उनले भने, अहिले कम्युनिस्ट सर्वसत्तावादसँग लड्नुपर्ने बेला हो। गुटगत स्वार्थ पर राखेर आन्तरिक एकता मजबुत बनाऔं।

उनले सरकारले गरिरहेका गलत निर्णयकाविरुद्ध तरुण दल सरकारविरुद्ध सशक्त आन्दोलनको तयारीमा रहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार गठन भएको एक वर्षमा जनताले धेरै दुःख पाएको भन्दै शाहीले सरकारलाई सच्याउन तरुण दलले आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने दाबी गरे।

पहिलो वर्ष हामीले सरकारलाई खबरदारी गर्दागर्दै कैयौं गलत काम भएका छन्। लोकतन्त्रको घाँटी निमोठ्ने सरकारविरुद्ध अब ठूलो आन्दोलन गर्छौ, उनले भने, काठमाडौंमा एक लाख तरुण उतार्ने गरी आन्दोलनको तयारीमा छौं।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।