Logo

खेलकुद

विश्वकप फुटसल : नेपालको पहिलो प्रतिद्वन्दी क्यानडा



अर्जेन्टिना आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडाको सामना गर्ने भएको छ ।आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो ।

तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले क्यानडासंग अप्रिल १ मा खेल्नेछ ।यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासंग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससंग खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।