Logo

खेलकुद

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई



चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।  झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो । उपाधिसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । झापाले भने यस पटक पनि उपाधि जित्न सकेन ।

२२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्री किकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । नवयुग श्रेष्ठले प्रहार गरेको बल किलियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए । तर ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो ।

फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए । ५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ७५ औं मिनेटमा नबयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए । ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो । त्यसपछि पनि आर्मीले गोल थपेको थियो ।

टेकबहादुर बुढाथोकीले इन्ज्योरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ को अवस्थमा लगेका थिए । अन्तिम समयमा झापा ११ ले थप एक गोल गर्दै अन्तर ५–३ मा झारेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।