Logo

राजनीति

सञ्चारकर्मीलाई सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्न मुख्यमन्त्री भट्ट आग्रह



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा जनप्रतिनिधीलाई प्रोत्साहन गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउदै यस्तो आग्रह गरेका हुन् ।

मंगलबार धनगढीमा आयोजित नेपाल अनलाइन पत्रकार संघको प्रथम भेलालाई उद्घाटन गर्दै उनले परिवर्तनका लागि गरिएका संघर्ष र बलिदानलाई सफल पार्नमा यदि हामी चुक्यौ र काम गर्न सकेनौं भने त्यसबाट प्राप्त उपलब्धि त्यतिकै खेर जाने बताए ।

प्रदेशसभा सदस्य भरतबहादुर खड्काले पधकारिता क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्ने विश्वस व्यक्त गर्नुभयो । नेपाल अनलाइन पत्रकार संघका अध्यक्ष उमिद बागचनले पत्रकारिताका मूल्य मान्यताभित्र रहेर जवाफदेही र मर्यादित अनलाइन स्थापना गर्न खोजेको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।